दुई भेरिएन्टमा लन्च भयो ओला इलेक्ट्रिक स्कुटर, मूल्य र फिचर यस्तो

भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार लन्च गरिएको छ । कम्पनीले सो स्कुटर ९९ हजार ९९९ भारुमा लन्च गरेको हो । स्कुटर २ भेरिएन्टमा लन्च गरिएको छ । पहिलो भेरिएन्ट ओला एस१ हो, जसको मूल्य ९९ हजार ९९९ भारु तोकिएको छ भने दोस्रो भेरिएन्ट ओला एस१ प्रो हो जसको मूल्य १ लाख २९ हजार ९९९ भारु तोकिएको छ ।

ओला कम्पनीको यो पहिलो स्कुटर हो । यसको निर्माण तमिलनाडुस्थित फ्याक्टीमा गरिएको हो । उक्त कम्पनीले १ वर्षमा १ करोड स्कुटर तयार गर्न सक्ने क्षमताको रहेको कम्पनीले दावी गरिएको छ । ओला एस१ को बुकिङ पहिला नै सुरु भइसकेको छ ।

ओला एस१ मा ग्राहकलाई आकर्षक गर्नका लागि कैयौ फिचर समावेश गरिएको छ । यसमा कनेक्टिभिटी विकल्पको साथमा ७ इन्चको टचस्क्रिन डिस्प्ले समावेश गरिएको छ । साथै रिभर्स मोड, क्रुज कन्ट्रोल, फास्ट चार्जिङ, बिल्ट इन स्पिकर र भ्वाइस कमान्ड फिचर पनि उपलब्ध रहेको छ । यसमा ३ राइडिङ मोड नर्मल, स्पोर्ट र हाइपर रहेको छ ।

उक्त स्कुटरमा पावरको लागि ३.९ केडब्ल्युएच क्षमताको ब्याट्री समावेश गरिएको छ । जसलाई ७५० वाटको चार्जरको मदतले ६ घन्टामा पुरा चार्ज गर्न सकिन्छ । ओला सुपरचार्जरबाट १८ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

ओला इलेक्ट्रिक स्कुटरमार्फत फुल चार्जमा १५० किलोमिटरको दुरी तय गर्न सकिन्छ । भारतीय बजारमा यो लामो रेन्ज भएको इलेक्ट्रिक स्कुटर मध्ये एक हो । यसको टप स्पिड १०० किलोमिटर प्रति घन्टा रहेको छ ।

सम्बन्धित समाचारहरू

२०३० सम्ममा विश्वव्यापी कार बिक्रीको ३० प्रतिशत हिस्सा चिनियाँ ब्राण्डले लिने

२०३० सम्ममा विश्वव्यापी कार बिक्रीको ३० प्रतिशत हिस्सा चिनियाँ ब्राण्डले लिने

एक प्रतिवेदनका अनुसार २०३० सम्ममा विश्वमा बिक्री हुने सवारी साधनको...

जाडो याममा आफ्नो इलेक्ट्रिक कारको ख्याल कसरी गर्ने ? जान्नुहोस यी ५ टिप्स

जाडो याममा आफ्नो इलेक्ट्रिक कारको ख्याल कसरी गर्ने ? जान्नुहोस यी ५ टिप्स

जाडो मौसममा विद्युतीय कारलाई राम्रो अवस्थामा राख्न विशेष ध्यान दिनु...

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...