चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने
भरतपुर – चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल...
काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ - प्राधिकरणले सूचना मार्फत भनेको छ ।
उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।
भरतपुर – चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल...
सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन...
काठमाडौं–म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...