डकाई ब्रान्डका स्पेयर पार्ट्स नेपालमा उपलब्ध हुने
काठमाडौं – भारतको प्रतिष्ठित स्पेयर पार्ट्स ब्रान्ड ‘डकाई’ नेपाल...
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी निर्णयले अहिले अटोमोबाइल व्यवसायमा तरंग पैदा गरेको छ । भारतमा सन् २०२० को अप्रिल महिनादेखि अनिवार्य लागु गरिएको बीएस६ मापदण्ड नेपालमा भने लागु हुन सकिरहेको छैन । यो मापदण्डमा जान व्यवसायीले समेत इच्छा नदेखाएको र सरकारले समेत प्रभावकारी कदम लिन नसकेका कारण नेपालमा हालसम्म पनि बीएस३ मापदण्डका सवारीसाधन समेत आयात भैरहेका छन् । जसले प्रदूषणको स्तर बढाउनुको साथै प्रदूषण कम गर्न राज्यले चाल्नु पर्ने प्रभावकारी कदम समेत कमजोर बनिरहेको छ ।
नेपालमा बीएस६ मापदण्ड अनिवार्य नगरिए पनि यो मापदण्डका सवारीसाधन आयात हुँदै नभएका भने होइनन् । अहिले अधिकांश फोर ह्विलर र केही मोडलका टु ह्विलर बीएस६ मापदण्डका आयात भैरहेका छन् । जुन बजारमा लोकप्रिय समेत भैरहेका छन् । कमर्सियल भेइकलको कुरा गर्नुपर्दा भने एकाध बाहेक अधिकांश सवारीसाधन बीएस३ मापदण्डकै आयात भैरहेको पाउन सकिन्छ । केही ब्रान्डले भने बीएस४ मापदण्डका यस्ता साधन समेत आयात गरी कारोबार थालिसकेका छन् ।
भारतमा बीएस४ बाट एकैपटक बीएस६ लाई अनिवार्य गरिएका कारण सम्पूर्ण उत्पादकले उक्त मापदण्डका सवारीसाधन उत्पादन गरिरहेका छन् । यी उत्पादक कम्पनीले आफूसँग स्टकमा रहेका पुरानो स्टान्डर्डको इन्जिन प्रयोग गरि उत्पादन गर्ने सवारीसाधन नेपाललगायत अन्य मुलुकमा निर्यात गरिरहेको अवस्था छ । जसका कारण यी राष्ट्र पुराना सवारीसाधनको डम्पिङ साइट बन्दै गएको देखिन्छ ।
नेपालमा जब प्रदूषण मापदण्ड स्तरोन्नतिको कुरा आउँछ यसको विरोध सबैभन्दा पहिले व्यावसायिक वृत्तबाट शुरु हुने गरेको पाइन्छ । सोही क्रममा सरकारले लागु गर्न लागेको नयाँ मापदण्डको विषयलाई लिएर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पत्रकार सम्मेलन नै आयोजना गरेर पूर्ण तयारी बिना उक्त मापदण्डमा जान नुहुने भन्दै विरोध जनाएको थियो ।
नेपाल भित्रिने ९० प्रतिशत भन्दा बढी सवारीसाधन भारतबाट आयात हुने र सो राष्ट्रमा २ बर्षअघि देखि नै बीएस६ अनिवार्य गरिँदा पनि नेपालमा व्यवसायीले बिरोध गर्नुका पछाडि विविध कारण हुनसक्छन् । यसका बावजुद प्रदूषणको स्तर कम गर्दै जान प्रभावकारी कदम चल्ने सरकारी प्रतिबद्धता र आम नागरिकको स्वच्छ हावा ग्रहण गर्न पाउनुपर्ने अधिकारलाई कुण्ठित गरिनु हुँदैन । सरकारले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा सवारीसाधनका कारण हुने बढ्दो प्रदूषण कम गर्दै जाने प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको छ ।
प्यासेन्जर कार र मोटरसाइकलमा छैन कुनै समस्या
नेपालमा अहिले पनि बीएस६ मापदण्डका कार र मोटरसाइकल आयात भैरहेका कारण सरकारले सबैभन्दा पहिले यी साधनमा बीएस६ अनिवार्य गर्न सक्ने देखिएको छ । जुन कुरामा व्यवसायी समेत सहमत देखिन्छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापा पनि यस विषयमा सहमत देखिन्छन् । केही दिन पहिले नाडाले अयोजना गरेको पत्रकार सम्मलेनमा उनले यस्ता साधनमा केही समय दिएर उक्त मापदण्ड लागु गर्न सक्ने बताएका थिए । कमर्सियल भेइकलमा भने कम्तिमा पनि १ वर्षको समय दिनुपर्ने उनको राय थियो ।
थापाको विचारमा सहमति जनाउँदै यामाहा मोटरसाइकल आयातकर्ता कम्पनी एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले मोटरसाइकल र प्यासेन्जर कारमा बीएस६ मापदण्ड तत्कालै लागु गर्नुपर्ने बताएका छन् । उनका अनुसार यी साधन नेपालमा आयात भैरहेको र हालसम्म सर्भिस र स्पेयर पार्ट्सलगायत अन्य क्षेत्रमा कुनै समस्या नदेखिएका कारण यो मापदण्ड तत्कालै लागु गर्न सकिन्छ । उनले भने, ‘जहाँसम्म व्यवसायीसँग मौज्दातमा रहेका पुरानो स्ट्यान्डर्डका स्पेयर पार्ट्सको कुरा छ, यस्ता पार्ट्स हाल सडकमा चलिरहेका पुराना साधनमा प्रयोग गर्न सकिन्छ । बीएस६ आउने भन्ने बित्तिकै हाल सडकमा गुडिरहेका पुराना साधन काम नलाग्ने भन्न खोजिएको हैन । यस्ता साधन अझै कैयन बर्ष चल्ने हुँदा त्यस्ता साधनमा मौज्दातमा रहेका पार्ट्सलाई प्रयोग गर्न सकिन्छ ।’ बाहिर भनिएजस्तो सर्भिसमा समेत कुनै समस्या नरहने उनको भनाइ छ ।
कमर्सियल भेइकलको हकमा भने केही समय दिएर लागु गर्नु उत्तम हुने क्षेत्री बताउँछन् । यी साधनमा तत्कालै बीएस६ लागु गर्दा जनशक्तिको व्यवस्थापनमा समेत समस्या देखिन सक्ने उनको ठहर छ । साथै सवारीसाधनको मूल्य ठूलो रकमले वृद्धि हुने कारण यसको भार उपभोक्तासम्म पर्ने कारण कमर्सियल भेइकलमा बीएस४ हुँदै बीएस६ लागु गर्नु उचित हुने उनको सुझाव छ ।
काठमाडौं – भारतको प्रतिष्ठित स्पेयर पार्ट्स ब्रान्ड ‘डकाई’ नेपाल...
काठमाडौं – यामाहाले हालै अन्तर्राष्ट्रिय बजारमा लन्च गरेका दुई मोटरसाइकल...
जापनिज टु ह्विलर निर्माता यामाहाले डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...