बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
एक अमेरिकी इलेक्ट्रिक भेइकल स्टार्टअप कम्पनीले तीन पांग्रे इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । सो गाडी चलाउनको लागि कुनै पनि चार्जिङको आवश्यकता नपर्ने कम्पनीले दावी गरेको छ ।
अप्टेरा मोटर नामको सो स्टार्टअपले पहिलो सोलार इलेक्ट्रिक भेइकल लन्च गरेको हो । जसलाई हरेक दिन चार्ज गर्न आवश्यक पर्दैन । सो गाडीले एक पटकको फुल चार्जमा १६०० किलोमिटर दुरी तय गर्ने कम्पनीले दावी गरेको छ ।
सो स्टार्टअपको सह संस्थापक क्रिस एन्थनीका अनुसार यस प्रकारको टेक्नोलोजी चलाउनका लागि सोलार पावरको मदत लिन सकिन्छ । बिल्ट इन सिस्टमले यसको चार्जिङमा मेन्टेन गरेको हुन्छ । सो भेइकल डाइरेक्ट करेन्टले चार्ज गर्न सकिन्छ ।
अप्टेराको सो कारमा नेभर चार्ज टेक्नोलोजीको प्रयोग गरिएको हुन्छ जसले सूर्यबाट उर्जा प्राप्त गर्छ । एक वर्षमा सो भेइकलले यति उर्जा संकलन गर्छ कि जसले ११ हजार माइल दुरी तय गर्ने क्षमता रहेको हुन्छ । त्यसैले सो भेइकललाई चलाउनको लागि कुनै चार्जिङको आवश्यकता पर्दैन ।
अप्टेरामा व्याट्रीको क्षमता २५.० केडब्ल्युएच देखि १००.० केडब्ल्युएचसम्म रहेको छ । सबैभन्दा हेभी मोडलको तौल ९९७ किलोग्राम रहेको छ । सो भेइकलको क्षमता १० माइल प्रति केडब्ल्युएच रहेको छ । बजारमा उपलब्ध कुनै पनि इलेक्ट्रिक कारको तुलनामा सो भेइकल निकै उत्कृष्ट रहेको छ ।
अप्टेराको लुक एयरप्लेन जस्तो देखिन्छ । कम्पनीले सो लिक्विड कुल्ड इलेक्ट्रिक मोटर्स ३.६ सेकेन्डमा ० देखि ६० माइल प्रति घन्टाको स्पिड लिने दावी गरेको छ । सो भेइकल ३ कलर अप्समा उपलब्ध रहेको छ । सो इलेक्ट्रिक भेइकलको मूल्य २५ हजार ९ सय डलर तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...