बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतीय बजारमा निसान म्याग्नाइट लन्च भएको छ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो अब सबैभन्दा पछिल्लो खेलाडी बन्ने भएको छ ।
यसको सबैभन्दा बेस भेरिएन्ट एक्सईको मूल्य ४ लाख ९९ हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट एक्सभी प्रिमियमको मूल्य ९ लाख ३५ हजार भारु तोकिएको छ । कम्पनीले आगामी जनवरी १, २०२१ सम्मका लागि यो मूल्य भएको र त्यसपछि बढ्ने बताएको छ ।
निसानले सो एसयूभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम भेरिएन्टमा उपलब्ध गराएको छ । सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ ।
निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।
टाटा नेक्सन, किया सोनेट, हुन्डाई भेन्यु, फोर्ड इकोस्पोर्ट र रेनो डस्टर जस्ता अन्य सब–कम्प्याक्ट एसयूभीलाई टक्कर दिने अनुमान गरिएको सो एसयूभी निकै नै प्रतिस्पर्धि हुने अनुमान गरिएको छ ।
निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले २०२१ को प्रारम्भमै सो एसयूभी नेपाली बजारमा आइसक्ने बताइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...