आज नेपालमा लन्च हुँदैछ निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट, कति पर्ला मूल्य

काठमाडौं – निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले आज एक विशेष कार्यक्रमका बीच सो एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।

भारतमा राम्रो बजार लिइरहेको निसान म्याग्नाइट नेपाली ग्राहकले समेत व्यग्रतापूर्वक प्रतीक्षा गरेको एसयूभी हो । नेपाली बजारमा उपलब्ध अन्य एसयूभी भन्दा प्रतिस्पर्धि मूल्यमा उपलब्ध हुने अनुमान गरिएको म्याग्नाइटले नेपाली बजारमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ ।

निसान म्याग्नाइटको सुरुवाती मूल्य २९ लाख ४९ हजार हुने अनुमान गरिएको छ । नेपाली ग्राहकहरुले देशभरका सोरुममार्फत Engineered in Japan, Inspired by India एसयूभीको अनुभूति लिन सक्ने छन् ।

बिग, बोल्ड, आकर्षक र Charismatic SUV विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतीक्षारत ग्राहकका लागि अन्य थुप्रै अफरहरुका साथ आउने पायोनियर मोटोकर्पले जानकारी दिएको छ ।

निसानले आफ्नो उत्पादकत्वको विकास गर्दे Make in India, Make for the World एसयूभीलाई विश्वभर नै आरम्भ गरिरहेको र त्यस अन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको बताएको छ । भारतमा निकै नै रुचाइएको निसान म्याग्नाइटलाई भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहो-याउने निसानको उद्देश्य तथा चाहना भएको कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...