एसियन एनक्याप क्र्यास टेस्टमा निशान म्याग्नाईटले पायो ४ स्टार रेटिङ

निशानको सबैभन्दा सानो एसयुभी म्याग्नाइटले एसियन एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ हात पारेको छ । भारतीय बजारमा उत्पादन भएको म्याग्नाईट केही समय अघिमात्र बिक्रीका लागि सार्बजनिक गरिएको थियो । क्र्यास टेष्टबारे बिस्तृत बिबरण सार्बजनिक हुन भने केही समय लाग्ने कम्पनीले बताएको छ ।

भारतीय बजारमा सर्बाजनिक गरिएको छोटो समयमै लोकप्रिय बनिरहेको म्याग्नाईट नेपाली बजारमा समेत भित्रिने अन्तिम तयारीमा छ । यसै महिनाको अन्तिम अर्थात अर्को महिनाको पहिलो हप्तामा यो एसयुभी नेपाल भित्रिने आधिकारिक बितरक पायोनियर मोटो कर्पले बताएको छ । यहि सेग्मेन्टका अन्य एसयुभीको तुलनामा प्रतिस्पर्धी मुल्यका साथ म्याग्नाईट भित्राउने कम्पनी स्रोतले बताएको भनाई छ । नेपाल भित्रिएपछि यसले सुजुकी ब्रेजा, हुन्डाई भेनस, टाटा नेक्सन र किया सोनेटसंग सिधा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

म्याग्नाइट एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम भेरिएन्टमा उपलब्ध रहेको छ । सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ

निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...