बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
निसान माग्नाइटले ग्लोबल डेब्यु गरिसकेको छ । अब सो कार भारतमा लन्च गर्ने तयारीमा रहेको छ । सो कार ४ मिटर भन्दा सानो एसयूभी कार हो ।
भारतमा निसान माग्नाइटले टाटा नेक्सन, फोर्ड ईकोस्पोर्ट, टोयोटा अर्बन क्रुजर, मारुती ब्रेजा, महिन्द्रा एक्सयूभी३००, किया सोनेट, हुन्डाई भेन्यु जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
निसान माग्नाइटको मूल्य लन्च हुनु भन्दा पहिला नै सार्वजनिक भएको छ । रिपोर्टका अनुसार सो कारको शुरुवाती मूल्य ५ लाख ५० हजार भारु हुनेछ । सो कारको टप भेरिएन्टको मूल्य ८ लाख ६५ हजार भारु रहेको छ । सो कारको सीभीटी भेरिएन्टको मूल्य ८ लाख १५ हजार भारु तोकिएको छ । सो कारको १.० लिटर टर्बो पेट्रोल एक्सभी भेरिएन्टको मूल्य ७ लाख ७५ हजार, एक्सएल भेरिएन्टको मूल्य ७ लाख २५ हजार र एक्सभी प्रिमियम भेरिएन्टको मूल्य ७ लाख ६५ हजार भारु रहेको छ ।
निसान माग्नाइटको इन्टेरियरमा ७.० इन्च टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल युनिट समावेश गरेको छ । यसको साथै माग्नाइटमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटीको साथमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, एम्बियन्ट मुड लाइटिङ, क्रुज कन्ट्रोल समेत अन्य फिचर रहेको छ । सो कारको ड्यासबोर्ड निकै शानदार रहेको छ । साथै एसी भेन्ट्स, ग्लोब बक्स र स्पिकर समेत अन्य इन्स्ट्रयुमेन्टको प्लेसिङ राम्रो देखिएको छ ।
नेपाली बजारमा पनि भारतमा लन्च हुने समयमै निसान म्याग्नाइट उपलब्ध गराउने तयारी आधिकारिक वितरक पायोनियर मोटोकर्पले गरिरहेको छ । भारतमा भएको मूल्यका आधारमा नेपाली बजारमा पनि यो निकै नै प्रतिस्पर्धि हुनेछ । अन्य ब्रान्ड भन्दा सस्तो भयो भने यसले पक्कै पनि राम्रो बजार लिने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...