निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

ग्लोबल एनसीएपीले निसान म्याग्नाइट र रेनो काइगर कम्प्याक्ट एसयूभीको सेफ्टी परीक्षण गरेको छ । यी दुबै कारहरू सीएमएफ–एप्लस प्लेटफर्ममा आधारित छ र इन्जिन पनि समान छ । दुवैले फोर स्टार रेटिङ पाएका छन् ।

त्यसैगरी होन्डा ज्याज र फोर्थ जेन होन्डा सिटीले पनि उही रेटिङ पाएको छ ।

निसान म्याग्नाइट डिसेम्बर २०२० मा लन्च गरिएको थियो । म्याग्नाइटले एडल्ट ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा ४–स्टार रेटिङका साथ १७ मध्ये ११.८५ अंक हासिल गरेको छ । म्याग्नाइटले चाइल्ड ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा २–स्टार रेटिङको साथमा ४९ अंकमा २४.८८ अंक प्राप्त गरेको छ ।

रेनो काइगरले पनि एडल्ट ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा ४–स्टार रेटिङका साथ १७ अंकमा १२.३४ अंक पाएको छ । जबकि चाइल्ड ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा २–स्टार रेटिङको साथमा ४९ अंकमा २१.०५ अंक प्राप्त गरेको छ ।

निसान म्याग्नाइट र काइगरमा समान १.०–लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.०–लिटर टर्बो पेट्रोल इन्जिन समावेश गरिएको छ, जसले क्रमशः ७१ बीएचपी पावर र ९६ एनएम टर्क तथा ९९ बीएचपीमा १६० एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसन विकल्पमा स्ट्यान्डर्डको रूपमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ, जबकि टर्बो पेट्रोल युनिटमा वैकल्पिक रूपमा सीभीटी अटोमेटिक युनिट जोडिएको छ ।

सम्बन्धित समाचारहरू

११११ बढी निसान म्याग्नाइट नेपाली सडकमा, बन्यो प्यासेन्जर कार बिक्री गर्ने तेस्रो कम्पनी

११११ बढी निसान म्याग्नाइट नेपाली सडकमा, बन्यो प्यासेन्जर कार बिक्री गर्ने तेस्रो कम्पनी

काठमाडौं – नेपाली बजारमा भित्रिएको एक वर्ष नपुग्दै १ हजार १११ युनिट निसान...

७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट

७४ दिनमै नेपालका सडकमा ५७८ निसान म्याग्नाइट

काठमाडौं – नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर...

होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा

होन्डा र निसान मर्जर प्रक्रिया पुरा, मित्सुबिशी अझै अन्योलमा

होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...