लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
काठमाडौं – निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसानको सर्वाधिक प्रतीक्षित इलेक्ट्रिक कार ‘निसान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।
विद्युतीय सवारीमा बिद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीको लन्च कार्यक्रम पूर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निसानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च गरिने पायोनियर मोटोकर्पले बताएको छ ।
निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो र यो गाडी बिद्युतीय गाडीको बजारमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ । निसानका विद्युतीय गाडीहरुमा पनि निसान लिफ सबै भन्दा उन्नत कार हो ।
निसान लिफ संसारभर २ लाख ५० हजार युनिट भन्दा बढी बिक्री भैसकेको छ। यस कारणले पनि निसान लिफ आम सर्वसाधारणको सहज पहुँचमा पुग्ने पहिलो बिद्युतीय सवारी बन्न पुगेको छ।
पहिलो पटक निसान लिफ सन् २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रुपमा परिचित छ।
अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ।
ई–पेडलमा एक्सिलरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...