अलविदा चितवनकै अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पिया !

चितवनका अग्रणी अटोमोबाइल व्यवसायी निरकुमार पियाको निधन भएको छ । चितवनका साथै नेपालभरका अटोमोबाइल व्यवसायीहरुले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । पियाप्रति हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।

यसै सन्दर्भमा चितवनको अटोमोबाइल व्यवसाय र विकासको सन्दर्भमा पियासँग करिव एक दशक पहिले गरिएको कुराकानीका आधारमा तयार पारिएको सामग्री श्रद्धाञ्जली स्वरुप प्रस्तुत गरिएको छ ।

नारायणगढ बजार कुनै समय जंगलले घेरिएको थियो । निरकुमार पियाले पनि नारायणगढ बजार नहुँदै जंगल देखेका थिए । २००३ सालको अन्त्यतिर जन्मेका पियाले अन्य व्यवसाय गरे पनि धेरैले उनलाई चितवनको अटोमोबाइल क्षेत्रको सम्मानित व्यक्तिको रुपमा लिन्छन् ।

चितवन अटोमोबाइल्स एसोसिएसनको संस्थापक अध्यक्ष हुन् उनी । ०४९ सालमा एसोसिएसन स्थापना भएको थियो । त्यतिखेर अटोमोबाइल क्षेत्रकै एक जना व्यवसायीलाई निकै नै समस्या परेको थियो । सहयोगका लागि उनी र अन्य साथीहरु धेरै स्थानमा पुगे । त्यो अवस्थामा एउटा संगठित प्रयास आवश्यक रहेछ भन्ने कुरा अनुभव भयो । अटोमोबाइल क्षेत्रमा त्यतिखेर लगभग ३५ जना जति मात्र व्यवसायी थिए ।

सबैको सल्लाहमा निरकुमार पिया अध्यक्ष बने । त्यसपछि कुनै सामूहिक काम गर्न पनि सहज भएको उनलाई अनुभव भयो । भन्छन्, ‘मौखिक रुपमा एक दुई जनाले अनुरोध गर्दा भन्दा सामूहिक रुपमा जादा राम्रो हुँदो रहेछ ।’ तर उनी लामो समय एसोसिएसनमा बसेनन् । भन्छन्, ‘खोलियो । छोडियो । जिम्मा लगाइयो ।’ पछि अन्य व्यवसायीले एसोसिएसनलाई अगाडि बढाए । उनी एउटा वरिष्ठ सल्लाहकारको रुपमा रहे । आज चितवन अटोमोबाइल्स एसोसिएसन यो क्षेत्रमा प्रतिष्ठित संगठन बनेको छ । सबै व्यवसायीले पियाको योगदानलाई सधै सम्झिन्छन् ।

अटोमोबाइल क्षेत्रमा पिया चाहेरै लागेका भने होइनन् । काम गर्दै जादा त्यस्तै भइदियो । उनी ११ बर्षकै हुँदा बुवाको मृत्यु भएको थियो । चितवनमै तोरी, धान आदि कृषि उत्पादनको व्यापार त्यतिखेर नै गर्न थालेका थिए । अलि पछि आफ्नो काकाको गाडीमा हेटौंडा आउजाउ गर्न थाले । उनी भन्छन्, ‘त्यतिखेर म १५÷१६ बर्षको थिए । काकाको गाडी बिग्रेमा वा केही भएमा आफै मर्मत गर्न पनि तयार हुनु पथ्र्यो ।’ यसो हुँदा उनमा गाडीप्रतिको लगाव बढ्दै गयो । पछि काठमाडौं, वीरगन्ज मात्र नभएर भारतको कलकत्तासम्म पनि पुगे ।

यी सबै स्थान उनका लागि सधैका गन्तव्य बने । गाडीमा काम गर्दै जादा पार्ट्सको बारेमा पनि जानकारी हुन थाल्यो । त्यसैले उनले पार्ट्सको व्यवसाय पनि गर्न थाले । ०२९ सालमै उनले पार्ट्सको कारोबार गर्न थालेका थिए । त्यतिखेर गाडी भने थोरै थिए । ‘हातको औलामा गन्न सकिने गाडी थिए ।’ पिया भन्छन्, ‘सडकको अवस्था झन् अहिलेको तुलनामा धेरै कमजोर थियो ।’

उनले शुरुमा बीएमसी, स्टोरी, सेभ्रोले आदि ब्रान्ड भएको सम्झिन्छन् । पछि टाटाका गाडी पनि आए । बीचमा उनले गाडीको कारोबार पनि गरे । कुनै समय चितवनमा सार्वजनिक यातायातको क्षेत्रमा ‘चितवन टाइगर’ ब्रान्डका बस निकै नै लोकप्रिय थिए । चितवन टाइगरको सञ्चालक मध्ये पिया पनि एक हुन् । उनले त्यतिखेर भारतको जालन्धरमा बसेर बस तयार भए पछि नेपालमा पठाउने काम पनि गरेका थिए । कुनै समय चितवनमा ट्याक्सी चलाउनका लागि १० वटा मारुती भ्यानको व्यवस्था पनि उनी र उनका साथीहरुको समूहले गरेका थिए । तर यो विविध कारणले चल्न सकेन । यसमा उनको लगानी नै डुब्यो ।

चितवनको एभरेष्ट अटो इन्डष्ट्रिज एउटा उद्योगको रुपमा परिचित नाम हो । यु बोल्ट र अन्य स्पेयर पार्ट्सका लागि यो उद्योग निकै नै चर्चित छ । यो उद्योग पनि निरकुमार पियाकै योजना अनुसार स्थापना भएको हो । पार्ट्स उद्योग स्थापना गर्नका लागि धेरै स्थान खोजी गरेको उनी बताउछन् । सबै प्रक्रिया बुझेर लाग्ने बजेट समेत अनुमान गरेको तर पछि आर्थिक कारणले अन्य पार्ट्स उद्योग खोल्न नसकेको उनी बताउछन् । भारतमा गएर यु बोल्टको कारखाना हेरेर ‘यो त बनाउन सकिन्छ’ जस्तो लागेर काम अगाडि बढाएको उनी बताउछन् । भारतमा भएको कारखानाका सबै मेसिन ल्याएर उनले जोड्न लगाएका थिए ।

उनले शुरुमा बीएमसी, स्टोरी, सेभ्रोले आदि ब्रान्ड भएको सम्झिन्छन् । पछि टाटाका गाडी पनि आए । बीचमा उनले गाडीको कारोबार पनि गरे । कुनै समय चितवनमा सार्वजनिक यातायातको क्षेत्रमा ‘चितवन टाइगर’ ब्रान्डका बस निकै नै लोकप्रिय थिए । चितवन टाइगरको सञ्चालक मध्ये पिया पनि एक हुन् ।

नेपालमा अटोमोबाइल सम्बन्धी कुनै उद्योग खोल्ने आफ्नो पहिले देखिकै चाहना भएको उनी बताउछन् । भन्छन्, ‘मलाइ गाडीकै उद्योग नेपालमा खोल्ने चाहना थियो । तर धेरै अध्ययन नभएकाले यो क्षेत्रमा काम गर्न सकिएन । मेकानिकल इन्जिनियरहरुलाई पनि भने । उनीहरुले मलाई यस्ता असम्भव कुरा गर्ने बौलाहा पनि भने । सम्भव पनि थियो । तर पुरा गर्न सकिएन ।’

अहिले पिया र उनको समूहको अटोमोबाइल सम्बद्ध सबै व्यवसाय छ । पार्ट्स, लुब्रिकेन्ट्स आदि । उनी एउटा समूहमा आबद्ध छन् । पारिवारिक रुपमा पियालाई आफ्नो छोराले पनि सघाइरहेका छन् । अटोमोबाइल बाहेक फर्मास्युटिकल र बैंकिङ आदि व्यवसायमा पनि उनको संलग्नता छ । अब प्लाष्टिक उद्योगमा पनि लगानी बढाउने योजना बनाएका छन् । धेरै लगानी गर्नु हुँदैन र एकै स्थानमा बस्न वा एउटै मात्र काम गर्नु हुदैन भन्ने उनको मान्यता छ ।

जीवनमा धेरै उतारचढाव आए । सम्झनायोग्य घटना पनि धेरै छन् । तर पनि यो क्षेत्रमा आफू सन्तुष्ट भएको पिया बताउछन् । भन्छन्, ‘मैले गर्न आँटेको काम धेरै थिए । केही गरे पनि । धेरै काम गर्न नसकेकोमा पनि असन्तुष्ट छैन ।’ पैसाको भन्दा पनि आफूलाई साथ दिने मान्छेको कमी भएको उनको अनुभव छ ।

पछिल्लो समयमा अटोमोबाइल र अन्य व्यवसाय धेरै सजिलो भएको उनले पनि अनुभव गरेका छन् । यो अवस्था पहिले भने थिएन । अहिले चितवनमा सडक नपुगेको कुनै पनि गाउँ छैन । सबै स्थानमा गाडी पुग्छ । व्यवसाय पनि बढेको छ । यसका कारण अटोमोबाइल व्यवसायीलाई पनि फाइदा पुगेको उनको अनुभव छ ।

सम्बन्धित समाचारहरू

शुरुवाती मूल्य ३० लाख रुपैयाँमा नेपाल आयो टाटा टिगोर इभी, यस्तो छ बिशेषता

शुरुवाती मूल्य ३० लाख रुपैयाँमा नेपाल आयो टाटा टिगोर इभी, यस्तो छ बिशेषता

टाटा मोटर्सको दोस्रो इलेक्ट्रिक कार टिगोर नेपाल आएको छ । कम्प्याक्ट सेडान...

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...