एनआईसी एसिया बैँकका ग्राहकलाई ई–स्टप नेपालका चार्जिङ स्टेसनमा विशेष छुट

काठमाडौँ–एनआईसी एसिया बैँकका ग्राहकले रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसनमा विशेष छुट पाउने भएका छन् । बैँकले ई–स्टप नेपाल प्रालिसँगको सहकार्यमा यस किसिमको छुट अफर ल्याएको हो ।

सम्झौता पश्चात् बैँकका ग्राहकहरूले ई–स्टप नेपालका रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ई–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने छन् ।

एनआईसी एसिया बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी तथा मोबैँक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने बताइएको छ ।

दिगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई–स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास बैँकले लिएको छ ।

सम्बन्धित समाचारहरू

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

काठमाडौं– नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग बढ्दो क्रममा छ । तीन दर्जन...

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडी सिलको सस्तो भर्सन ई७ ? ईभी ट्याक्सीको रुपमा प्रयोग हुने सम्भावना

बीवाईडीको इलेक्ट्रिक सेडानलाई चीनको सरकारी मन्त्रालयले दिएको नाम...

सुपर कम्प्युटर जस्तो दिमाग भएको संसारकै पहिलो कार लिपमोटर डी१९ ले सबैको ध्यान तान्दै

सुपर कम्प्युटर जस्तो दिमाग भएको संसारकै पहिलो कार लिपमोटर डी१९ ले सबैको ध्यान तान्दै

चीनको इलेक्ट्रिक कार निर्माता लिपमोटरले आफ्नो अहिलेसम्मकै सबैभन्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...