चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
मारुति सुजुकीले नोभेम्बर ११ मा भारतीय बजारमा नयाँ जेन डिजायर लन्च गर्ने तयारी गरिरहेको छ । बिक्री सुरु हुनुभन्दा अघि डिलरहरुमा पठाउन थालिएको यो कारका बारेमा थप विवरणहरु सार्बजनिक भएका छन् ।
२०२४ मारुती डिजायरको एक्सटेरियर पूर्ण रूपमा नयाँ रहेको छ । यसमा तेर्सो स्ल्याट्स र शार्प एलईडी हेडल्याम्पसहितको ठूलो फ्रन्ट ग्रिल छ । पछाडिको भागमा वाई आकारको इन्टर्नलसहित -याप राउन्ड टेल लाइटहरू राखिएको छ ।
कारको इन्टेरियरमा ३–स्पोक स्टेयरिङ ह्वील र केन्द्रमा फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली दिइएको छ । कारमा परम्परागत ट्विन–डायल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको देखिन्छ । यसैगरी, ओराभिएम सहितको एकीकृत टर्न सिग्नलहरू, शार्क फिन एन्टेना र डुअल–टोन एलोय ह्वीलहरू समाबेश छन् । साथै यसको टप भेरिएन्टमा सिंगल प्यानल सनरुफ राखिएको छ ।
नयाँ मारुती डिजायर १.२ लिटर जेड सिरिज इन्जिनद्वारा संचालित हुनेछ । नयाँ ३ सिलिन्डर इन्जिनले ८० बीएचपी र ११२ एनएम पावर उत्पादन गर्ने जनाइएको छ भने इन्जिन ५ स्पीड म्यानुअल वा एएमटीसँग जोडिएको हुनेछ । यो कार फ्याक्ट्री फिटेड सीएनजी विकल्पमा पनि उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...