नेभिगेसन र राइडिङ मोडसहित नयाँ पल्सर एन१६० एस र एन१६० एसएस सार्वजनिक
बजाज अटोले भारतीय बजारमा आफ्ना दुई नयाँ बाइक पल्सर एन१६० एस र एन१६० एसएस...
फक्सवागन भेन्टो लगभग १ दशक पहिला भारतमा लन्च गरिएको थियो । कम्पनीले फक्सवागन भेन्टो नयाँ जेनेरेसन मोडलको साथमा केही परिवर्तन गर्ने तयारी गरिरहेको छ । जसलाई अर्काे वर्षको अन्तमा लन्च गर्ने सम्भावना रहेको छ ।
हाल उपलब्ध फक्सवागन भेन्टोले यस्तै सेगमेन्टका अन्य कार हुन्डाई भर्ना, होन्डा सीटी, टोयोटा यारिस र मारुती सुजुकीको तुलनामा उल्लेख्य बिक्री बढाउन सकेको छैन । यो अवस्थामा कम्पनीले सो एसयूभी अपडेट गर्न लागेको हो । यसमा मुख्यतया ५ विशेषतासहित परिमार्जन गरिनेछ ।
१. प्लेटफर्म
फक्सवागन भेन्टो पीक्यु२५ प्लेटफर्ममा विकसित गरिएको हो । यद्यपि फक्सवागन समुह भारतमा कम्प्याक्ट कारको लागि नयाँ प्लेटफर्ममा काम गरिरहेको छ । जुन लोकलाइज एमक्युबी एओ इन हो । अनुमानित रिपोर्ट अनुसार नयाँ ¥यापिड जस्तै नयाँ भेन्टो पनि सोही प्लेटफर्ममा विकसित गरिनेछ ।
२. डिजाइन
नयाँ जेनेरेसनको साथमा कारको सबैभन्दा ठूलो अपडेट भनेको यसको डिजाइन हुनेछ । भारतमा लन्च हुँदा देखि सो कारको डिजाइनमा केही परिवर्तन गरिएको थिएन । फक्सवागन भेन्टोको नयाँ डिजाइन इन्टरनेसनल कार अनुरुप हुनेछ ।
३. फिचर र सेफ्टी
नयाँ फक्सवागन भेन्टोमा फुल एलईडी लाइटिङ, अल न्यू डिजिटल भर्चुअल ककपिट, इन्स्ट्रयुमेन्ट क्लस्टर, एम्बियन्ट लाइटिङको साथमा स्मार्टफोन कनेक्टिभिटी र कनेक्टेड कार प्रविधिको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिनेछ । सेफ्टीको लागि सो कारमा एयरब्याग, रियर पार्किङ क्यामेरा, ईबीडीको साथमा एबीएस, हिल होल्ड कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम सहित अन्य सेफ्टी फिचर हुनेछ ।
४. पावरट्रेन
नयाँ भेन्टोमा पावर दिनको लागि १.० लिटर, तीन सिलिन्डर, टर्बाेचार्ज्ड पेट्रोल टीएसआई इन्जिन समावेश गर्ने सम्भावना रहेको छ । सो इन्जिनले ११० पीएसको अधिकतम पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसन अप्सनमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । साथै एक बैकल्पिक अटोमेटिक पनि समावेश गरिएको छ ।
५. मूल्य र प्रतिस्पर्धा
भारतमा फक्सवागन भेन्टोको मूल्य ८ लाख ९३ हजार भारु रहेको छ । यसको टप भेरिएन्टको मूल्य १३ लाख ३९ हजार भारु रहेको छ । सो कारको भारतमा स्कोडा ¥यापिड, हुन्डाई भर्ना, होन्डा सिटी, टोयोटा यारिस र मारुती सुजुकी सियाजसँग प्रतिस्पर्धा हुनेछ ।
नेपाली बजारमा पनि यो कार उपलब्ध छ । नेपाली बजारमा भेन्टो ट्रेन्डलाइन टीएसआईको मूल्य ३९ लाख ४० हजार, कम्फर्टलाइन टीएसआईको मूल्य ४२ लाख ४० हजार, हाइलाइन टीएसआई म्यानुअलको मूल्य ४४ लाख ४० हजार, हाइलाइन प्लस टीएसआई म्यानुअलको मूल्य ४९ लाख ४० हजार, हाइलाइन टीएसआई अटोमेटिकको मूल्य ५० लाख ४० हजार र हाइलाइन प्लस टीएसआई अटोमेटिकको मूल्य ५४ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।
अपडेट पश्चात यसको मूल्यमा पनि वृद्धि हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...