बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाज अटोले टु ह्विलरका लागि ४ वटा नयाँ नाम ट्रेडमार्क गरेको छ । कम्पनीले नयाँ टु ह्विलर ल्याउन सक्ने अनुमान गरिएको छ । नयाँ नेमप्लेट आगामी सिएनजी बाइकका लागि पनि प्रयोग हुने सम्भावना छ ।

कम्पनीले ग्लाइडर, म्याराथन, ट्रेकर र फ्रिडम नाम दर्ता गरेको छ । कम्पनीले जनवरी २९ र फेब्रुअरी ९ बीच यी ट्रेडमार्कहरूको लागि आवेदन दिएको हो । तर, बजाजको आगामी सीएनजी बाइकमा कुन नेमप्लेट प्रयोग हुनेछ भन्ने निश्चित छैन ।

रिपोर्टका अनुसार ट्रेकर सम्भावित रूपमा एड्भेन्चर बाइकको नाम हुन सक्ने अनुमान छ । बजाजसँग हाल २५० सीसी इन्जिन उपलब्ध छ । साथै, म्याराथनलाई व्यावसायिक सवारीका लागि प्रयोग गर्न सकिने सम्भावना छ ।

ग्लाइडर र फ्रिडममा सीएनजी इन्धन प्रयोग गर्ने अपेक्षा गरिएको छ । सीएनजी बाइकले इन्धन खपत ५५ देखि ६५ प्रतिशतले घटाउन मद्दत गर्नेछ । सीएनजीलाई पेट्रोलभन्दा सफा इन्धन मानिन्छ । यसले लगभग ५० प्रतिशत कम कार्बन डाइअक्साइड र ७५ प्रतिशत कम कार्बन मोनोअक्साइड उत्सर्जन गर्छ । सीएनजी पेट्रोलभन्दा सस्तो पनि हुन्छ ।

सम्बन्धित समाचारहरू

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

बजाजका दुई नयाँ पल्सर नेपाली बजारमा, बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको...

इलेक्ट्रिक स्कुटर बजाज चेतकको स्पेसल एडिसन लन्च, फुल चार्जमा १३६ किलोमिटरको रेन्ज दिने

इलेक्ट्रिक स्कुटर बजाज चेतकको स्पेसल एडिसन लन्च, फुल चार्जमा १३६ किलोमिटरको रेन्ज दिने

बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३२०१ को स्पेसल एडिसन...

२ करोड बजाज पल्सर बिक्रीको ऐतिहासिक सफलता, विशेष छुटको घोषणा

२ करोड बजाज पल्सर बिक्रीको ऐतिहासिक सफलता, विशेष छुटको घोषणा

बजाज पल्सरले २ करोड युनिट बिक्री गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...