दसैंमा कुन बाइक वा स्कुटर किन्ने ? यस्ता छन् विभिन्न कम्पनीका अफर

नेपालीहरुको महान् पर्व दसैंको पूर्वसन्ध्यामा विभिन्न अटोमोबाइल कम्पनीहरु नयाँ नयाँ मोडलका सवारीसाधन र स्किम तथा अफरहरु सार्वजनिक गरेका छन् । उनीहरुले सार्वजनिक गरेको यस्ता सवारीसाधन र अफरले कोभिड महामारीबाट प्रताडित अटोमोबाइल क्षेत्रमा नयाँ रौनक थप्नुका साथै ग्राहकहरुमा पनि केही सहुलियतको अनुभूति भएको छ ।

विभिन्न बाइक आयातकर्ता कम्पनीहरुले विभिन्न प्रकारका स्किम र अफर सार्वजनिक गरेका छन् । बाइकतर्फ टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस दसैंको आशा’ नामक योजना ल्याएको छ । यस अन्तर्गत टीभीएस स्कुटरमा ७ हजार र बाइकमा ९ हजार रुपैयाँ सम्म छुट पाइने भएको छ । त्यसैगरी शून्य प्रतिशत ब्याजदरमा फाइनान्समार्फत टीभीएस बाइक वा स्कुटर किन्न सकिने छ । यी वाहेक अर्को आकर्षणको रुपमा हरेक हप्ता बम्पर पुरस्कारको रुपमा अपाचे आरआर ३१० बाइक पाउन सकिने छ ।

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले ‘दसैंको पर्व हिरोत्सवको हर्ष’ नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् । यसका साथै प्रत्येक स्क्र्याच कार्डमा १ लाख सम्म नगद छुट र अन्त्यमा १ लाख रुपैयाँ बम्पर उपहार प्राप्त गर्न सकिने छ ।

सुजुकीले ग्राहकका लागि ‘चाडपर्व सबैको हौसला हाम्रो अफर’ ल्याएको छ । यस अन्तर्गत ग्राहकले कुनै पनि सुजुकी बाइक वा स्कुटर किन्दा १२ हजार रुपैयाँ तुरुन्तै छुट पाउने छन् । त्यसैगरी एक वर्ष सम्मको सडक दस्तुर छुट र हेल्मेट समेत पाइने छ । कुनै पनि ग्राहकले फाइनान्स गर्दा वा एक्सचेन्ज गर्दा समेत यी अफर प्राप्त गर्नेछन् ।

इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले टीएनटी १५० आई र टीएनटी१५ मोडलमा एक्सचेन्ज, नगद र शून्य प्रतिशत ब्याज गरी तीन वटा अफर ल्याएको हो । टीएनटी १५० आई मोडलका तीनवटै एक्सचेन्जमा निःशुल्क हेल्मेट दिइनेछ ।

हरेक एक्सचेन्जमा अतिरिक्त १५ हजार नगद मूल्यांकन दिइने कम्पनीले जनाएको छ । नगद अफरअन्तर्गत हरेक मोटरसाइकल बिक्रीमा १५ हजार नगद छुट र २ वर्षसम्म शून्य प्रतिशत ब्याज सुविधा रहनेछ । टीएनटी १५ मोडलमा भने शून्य प्रतिशत ब्याज अफरमा मात्रै निःशुल्क हेल्मेट दिइनेछ ।

होन्डा मोटरसाइकलको आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हर एक नेपालीलाई एक रुपैयाँमा होन्डा मोटरसाइकल’ ट्यागलाइन राखी नयाँ स्किम लन्च गरेको छ । यसअघिको स्किमलाई निरन्तरता दिंदै उसले थप १ लाख रुपैयाँसम्मको नगद छुट अफर सार्बजनिक गरेको छ ।

अफरले कोभिड महामारीबाट प्रताडित अटोमोबाइल क्षेत्रमा नयाँ रौनक थप्नुका साथै ग्राहकहरुमा पनि केही सहुलियतको अनुभूति भएको छ ।

कम्पनीले यसअघि १ रुपैयाँ डाउनपेमेन्ट, १ रुपैयाँ इएमआई र १ प्रतिशत ब्याजदरर मध्ये कुनै एक बिकल्पमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने आकर्षक स्किम ल्याएको थियो । उक्त स्किमले चर्चा बटुलिरहेको समयमा नेपालीहरुको महान पर्ब दसैं र तिहारलाई लक्षित गरी १ लाख रुपैयाँसम्मको नगद छुट र ७ बर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट थप गरी नयाँ स्किम ल्याएको हो ।

नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले बडा दसैं तथा तिहारलाई लक्षित गरि बडा दसैं तिहार योजना सार्बजनिक गरेको छ । भेस्पा अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको सो योजनामा भेस्पा र अप्रिलिया स्कुटर किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत ५ हजार देखि ५० हजार सम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटम्याट, स्कुटर कभर र किरिङका साथै एक आर्थिक वर्षको सडक कर निःशुल्क प्राप्त गर्नेछन् । १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँ बराबरको फ्रि पेरिमिटर किट पनि उपलब्ध गराएको छ ।

चाडपर्वको अवसर पारि आकर्षक स्किम सार्वजनिक गर्दै आइरहेको बजाजले यसपाली भने नगद छुटमा बढी जोड दिएको छ । कम्पनीले कुनैपनि मोडलको खरिदमा नगद १० हजार छुट दिने घोषणा गरेको छ । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा बाँकी रकम सरल किस्ताबन्दीमा बुझाउन पाउने छन् । त्यसैगरी थोरै रकम भएका ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउन पेमेन्टमा समेत नयाँ मोटरसाइकल दिने योजना अघि सारेको छ ।

नेपाली बजारमा उपलब्ध बीएमडब्ल्युका दुई बाइक बीएमडब्ल्यु जी३१० जीएस र बीएमडब्ल्यु जी३१० आर खरिद गर्न चाहने ग्राहकले ६० हजार रुपैयाँ बराबरको छुट अफर पाउने भएका छन् । नेपालमा बीएमडब्ल्यु बाइकको आधिकारिक वितरक टर्क मोटर्स अन्तर्गतको हिमालय मोटरार्डले लिमिटेड युनिटका लागि मात्र सो अफर उपलब्ध गराउने बताएको छ । सो छुट क्यास र विभिन्न एसेसरिजमा उपलब्ध हुनेछ । यी दुई बाइकको मूल्य क्रमशः १० लाख ९० हजार र ९ लाख ७५ हजार रुपैयाँ छ ।

नेपालमा टुनवालका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको परिमिता इन्भेस्टमेन्ट कम्पनीले प्रत्येक स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट प्राप्त हुने बताएको छ । त्यसैगरी पार्ट्समा ५ हजार छुट हुनेछ भने चार पटक निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । स्कुटर किन्ने ग्राहकलाई ५० हजार रुपैयाँ सम्मको एलजी गिफ्ट भौचर प्राप्त हुने अवसर समेत प्राप्त हुनेछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...