नयाँ राइड मोडका साथ आयो टीभीएस अपाचे आरटीआर २०० ४भी

२०२१ टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ सिंगल च्यानल एबीएस भेरिएन्टमा लन्च गरिएको छ । भारतीय बजारमा सो बाइकको मूल्य १ लाख २८ हजार भारु रहेको छ ।

गत वर्ष सो बाइकको बीएस६ मोडल लन्च गरिएको थियो । यो सेगमेन्टमा सो बाइकमा मात्र मल्टीपल राइडिङ मोडको साथमा एडजस्टेबल सस्पेन्सन उपलब्ध रहेको छ । डुअल च्यानल एबीएस मोडलको तुलनामा यसको नयाँ सिंगल च्यानल एबीएस मोडल ५ हजार भारु सस्तो रहेको छ ।

सो राइडमा ३ मोड स्पोर्ट, अर्बन र रेन मोड रहेको छ । यसको साथै यसमा एडजस्टेबल फ्रन्ट सस्पेन्सनको साथ प्रि–लोड एडजस्टमेन्ट र प्रिमियम शो सस्पेन्सन रहेको छ ।

सो बाइकको फ्रन्टमा २७० एमएम र रियरमा २४० एमएमको पेटल डिस्क ब्रेक रहेको छ । टीभीएस अपाचे आरटीआर २०० ४भी बीएस६मा फ्युल इन्जेक्सन, ग्लाइड थ्रु टेक्नोलोजी, एलईडी हेडल्याम्प, स्लिपर क्लच, ब्लुटुथ इनेबल्ड स्मार्टकनेक्ट सिस्टम र रियर रेडियल टायर रहेको छ । बाइकको बीएस६ मोडलमा नयाँ मेट ब्लु पेन्ट स्किम पनि समावेश गरिएको छ ।

सो बाइकको सिंगल च्यानल एबीएस भेरिएन्टमा केही परिवर्तन गरिएको छैन । यसमा १९८ सीसी, सिंगल सिलिन्डर, ४ भल्व, आयल कुल्ड इन्जिन रहेको छ । सो इन्जिनले ८५०० आरपीएममा २०.५४ बीएचपीको पावर र ७००० आरपीएममा १८.१ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ ।

सो बाइकले स्पोर्ट मोडमा ९००० आरपीएममा २०.५४ बीएचपीको पवार र ७२५० आरपीएममा १७.२५ एनएमको टर्क जेनेरेट गर्छ । सो मोडमा १२७ किलोमिटर प्रति घन्टाको टप स्पिड रहेको छ । सो बाइकले रेन र अर्बन मोडमा ७८०० आरपीएममा १७ बीएचपीको पावर र ५७५० आरपीएममा १६.५१ एनएमको टर्क जेनेरेट गर्छ । सो मोडलमा १०५ किलोमिटर प्रति घन्टाको टप स्पिड रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...