नयाँ रेनो डस्टर २०२५ मार्चमा ग्लोबल लन्च गरिने, भयो सार्वजनिक
रेनोले पहिलो पटक आफ्नो आगामी कार नयाँ डस्टर सार्वजनिक गरेको छ । कम्पनीले...
रेनो इन्डियाले आफ्नो आगामी ३ वर्षको पोटफोलियो प्रस्तुत गरेको छ । कम्पनीले आगामी ३ वर्षमा ५ नयाँ प्रोडक्ट्स लन्च गर्ने घोषणा गरेको छ । साथै कम्पनीले आफ्ना ३ लोकप्रिय कार क्विड, ट्राइबर र काइगर अपडेट सहित लन्च गरेको छ ।
नयाँ रेनो क्विडका सबै भेरिएन्टमा रियर सिट बेल्ट रिमाइन्डर फिचर दिइएको छ । यसमा १४ वटा स्ट्याण्डर्ड सेफ्टी फिचर्स प्रदान गरिएको छ । सबै मोडल एप्पल कारप्ले र एन्ड्रोइड कनेक्टिभिटीको साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथ उपलब्ध छ । साथै ड्राइभर सिट आर्मरेष्ट, वायरलेस चार्जर, पीएम २.५ एयर फिल्टर, १२ भोल्ट पावर सोर्स, पावरेड ओआरभीएम, एलईडी क्याबिन ल्याम्प जस्ता फिचर उपलब्ध छ ।
नयाँ रेनो क्विड ०.८ लिटर र १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ । साथै, यो म्यानुअल र अटोमेटिक गियरबक्स दुवै विकल्पमा उपलब्ध छ ।
नयाँ २०२४ रेनो ट्राइबर ६ भेरिएन्टमा उपलब्ध छ । कारमा ड्राइभर सिट आर्मरेस्ट, पावरफोल्ड आउटसाइड रियर–भ्यू मिरर, ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर र वायरलेस चार्जिङ जस्ता फिचर समावेश छ । साथै स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर सिट बेल्ट रिमाइन्डर, अटोफोल्ड ओआरभीएम र क्रुज कन्ट्रोललगायतका १५ सेफ्टी फिचर दिइएको छ । यसको आरएक्सटी भेरिएन्टमा रियर भ्यू क्यामेरा र रियर वाइपर उपलब्ध छ । जबकि, आरएक्सएल भेरिएन्टमा रियर एसीको साथमा एसी कन्ट्रोल उपलब्ध छ ।
नयाँ २०२४ रेनो काइगरमा अब सेमी–लेदरेट सिट, लेदर स्टेयरिङ ह्विल, अटो फोल्ड ओआरभीएम, बेजेल लेस अटोडिम आईआरभीएम, टर्बो इन्जिनमा रातो ब्रेक क्यालिपर र अन्य फिचर समावेश छ । यसका सबै भेरिएन्टमा रियर सिट बेल्ट रिमाइन्डर फिचर उपलब्ध छ । कारमा १५ भन्दा बढी सेक्युरिटी फिचर पनि छ ।
रेनोले पहिलो पटक आफ्नो आगामी कार नयाँ डस्टर सार्वजनिक गरेको छ । कम्पनीले...
फ्रेन्च अटो निर्माता रेनोले क्विडको २०२२ मोडललाई भारतीय बजारमा सार्बजनिक...
काठमाडौं – नेपाली बजारमा रेनोका विभिन्न मोडल बिक्री भइरहेका छन् । नेपालका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...