नयाँ फिचर र अपडेटसहित रेनो क्विड, ट्राइबर र काइगर लन्च

रेनो इन्डियाले आफ्नो आगामी ३ वर्षको पोटफोलियो प्रस्तुत गरेको छ । कम्पनीले आगामी ३ वर्षमा ५ नयाँ प्रोडक्ट्स लन्च गर्ने घोषणा गरेको छ । साथै कम्पनीले आफ्ना ३ लोकप्रिय कार क्विड, ट्राइबर र काइगर अपडेट सहित लन्च गरेको छ ।

नयाँ रेनो क्विडका सबै भेरिएन्टमा रियर सिट बेल्ट रिमाइन्डर फिचर दिइएको छ । यसमा १४ वटा स्ट्याण्डर्ड सेफ्टी फिचर्स प्रदान गरिएको छ । सबै मोडल एप्पल कारप्ले र एन्ड्रोइड कनेक्टिभिटीको साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथ उपलब्ध छ । साथै ड्राइभर सिट आर्मरेष्ट, वायरलेस चार्जर, पीएम २.५ एयर फिल्टर, १२ भोल्ट पावर सोर्स, पावरेड ओआरभीएम, एलईडी क्याबिन ल्याम्प जस्ता फिचर उपलब्ध छ ।

नयाँ रेनो क्विड ०.८ लिटर र १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ । साथै, यो म्यानुअल र अटोमेटिक गियरबक्स दुवै विकल्पमा उपलब्ध छ ।

नयाँ २०२४ रेनो ट्राइबर ६ भेरिएन्टमा उपलब्ध छ । कारमा ड्राइभर सिट आर्मरेस्ट, पावरफोल्ड आउटसाइड रियर–भ्यू मिरर, ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर र वायरलेस चार्जिङ जस्ता फिचर समावेश छ । साथै स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर सिट बेल्ट रिमाइन्डर, अटोफोल्ड ओआरभीएम र क्रुज कन्ट्रोललगायतका १५ सेफ्टी फिचर दिइएको छ । यसको आरएक्सटी भेरिएन्टमा रियर भ्यू क्यामेरा र रियर वाइपर उपलब्ध छ । जबकि, आरएक्सएल भेरिएन्टमा रियर एसीको साथमा एसी कन्ट्रोल उपलब्ध छ ।

नयाँ २०२४ रेनो काइगरमा अब सेमी–लेदरेट सिट, लेदर स्टेयरिङ ह्विल, अटो फोल्ड ओआरभीएम, बेजेल लेस अटोडिम आईआरभीएम, टर्बो इन्जिनमा रातो ब्रेक क्यालिपर र अन्य फिचर समावेश छ । यसका सबै भेरिएन्टमा रियर सिट बेल्ट रिमाइन्डर फिचर उपलब्ध छ । कारमा १५ भन्दा बढी सेक्युरिटी फिचर पनि छ ।

सम्बन्धित समाचारहरू

रेनो काइगर नयाँ स्पोर्टी लुकमा लन्च, पहिले भन्दा धेरै उत्कृष्ट फिचर

रेनो काइगर नयाँ स्पोर्टी लुकमा लन्च, पहिले भन्दा धेरै उत्कृष्ट फिचर

रेनो काइगर सब–कम्प्याक्ट एसयूभी विभिन्न थप टेक्नोलोजी सहित भारतीय बजारमा...

रेनो नेपालको स्पार्कलिङ न्यु इयर २०२२ अफर, ३ लाख सम्मको फाइदा

रेनो नेपालको स्पार्कलिङ न्यु इयर २०२२ अफर, ३ लाख सम्मको फाइदा

काठमाडौं – नेपालका लागि रेनो कारको आधिकारिक वितरक एड्भान्स्ड...

नयाँ फिचर सहित रेनो ट्राइबर उपलब्ध

नयाँ फिचर सहित रेनो ट्राइबर उपलब्ध

फ्रान्सको कार निर्माता कम्पनी रेनोले भारतीय बजारमा लोकप्रिय एमपीभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...