उमेरले कान्छा कामले खारिएका अध्यक्ष

बुटवल पश्चिम नेपालकै आर्थिक व्यापारिक केन्द्र हो । हरेक सम्भावना बोकेको बुटवल अहिले हाम्रा पहाडका पूर्खा नुन तेल लिन आउने सानो सहर थियो भन्नेमा मात्र सीमित नरहेर त्यतिबेलाको बटौली अहिले बुटवलको रुपमा ठूलो सहर बनिसकेको छ । शिक्षा, स्वास्थ्य, यातायात, बैंकलगायतका क्षेत्रमा राम्रो फड्को मारेको छ ।

यही ऐतिहासिक बुटवलको मैनाबगरमा रहेको अटो भिलेज नेपालकै नमूना अटो भिलेजकै रुपमा परिचित छ । २०५२ सालमा स्थापना भएको अटो भिलेजका ३१ बर्षे कान्छा व्यवसायी हुन् नवनिर्वाचित अध्यक्ष तुल्सीराम न्यौपाने । अटो भिलेजका उनी ११औं अध्यक्ष हुन् । २०४७ सालमा स्याङजा जिल्ला कालिगण्डकी गाउँपालिका वडा नं ५ बाँसटारीमा जन्मेका उनी व्यवस्थापन संकायमा मास्टर अध्यनरत छन् ।

खुमाकान्त न्यौपाने र बसुन्धरा न्यौपानेका ३ भाई छोरा मध्ये माइला छोरा हुन् तुल्सीराम । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । बुवाको पुस्तादेखि नै अटो व्यवसाय सम्बन्धी फ्युल पम्पमा काम गरिरहदा २०६३ सालमा अध्ययनलाई निरन्तरता दिदै यस क्षेत्रमा प्रवेश गरेका हुन् । उनले अहिले अटो क्षेत्रमा माइको डिजेल्सको नया प्रविधि भित्र्यायर व्यवसाय गर्दै अगाडि बढेका छन् ।

विहान सबेरै देखि आफ्नो पसलबाट सुरु हुन्छ उनको दैनिकी । सानै देखि अटो व्यवसायमा लागेका तुल्सीराम अहिले अटो भिलेजको नेतृत्व लिन पुगेका छन् । उनीसँग अटो भिलेजको राम्रो अनुभव छ । २०५२ सालमा स्थापना भएको अटो भिलेजमा कार्य समिति सदस्य, सचिव हुदै २०७६ सालमा निर्वाचित महासचिव बनेका उनी अहिले बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४औ अधिवेशनबाट दुई उम्मेदवार चन्द्रमणि भन्डारी र प्रेम गौचनलाई पछि पार्दै अध्यक्ष हुन सफल भएका छन् ।

अटो क्षेत्रको विकासमा नयाँ प्रविधि भित्र्यायर लाग्नु पर्छ भन्ने मान्यता राख्ने उनी आफैले हालै मात्र माइको डिजेलका क्षेत्रमा अत्याधुनिक प्रविधि भित्र्यायर अगाडि बढेका छन् । सानै देखि सामाजिक क्षेत्रमा रुचि राख्ने उनी विभिन्न सघं सस्था, संगठन, क्लवमा आवद्ध भई अगाडि बढेका छन् ।

उनको आजको यो सफलतामा परिवार, अटो व्यवसायी, शुभचिन्तकहरुको ठुलो हात रहेको उनको भनाइ छ । निर्वाचनमा तुल्सीराम न्यौपानेको नेतृत्वमा बनेको स्वतन्त्र तथा खुल्ला व्यवसायी प्यानल हो । उनको प्यानलमा रहेका सबै उम्मेदवारले विजय हासिल गरेका कारण उनलाई काम गर्न सजिलो त होला तर पनि यो अटो भिलेजमा रहेका करिव ७ सय व्यवसायीलाई डो-याउन भने पक्कै चुनौती छ ।

‘बुटवल अटो हामी सबै व्यवसायीहरुको साथी, उठाउनु छ हामी सबै व्यवसायी मिलिजुली राजनीति भन्दा माथि’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका अध्यक्ष न्यौपानेलाई यस क्षेत्रको लगानी र व्यावसायिक सुरक्षा, सडक, ढल, नाली, खानेपानी लगायतका अधुरा काम गर्नु पर्नेछ भने फोहोर मैला व्यवस्थापन र पार्किङ स्थलको निर्माण जस्ता महत्वपूर्ण काम पूरा गर्न स्पष्ट योजना र अटो व्यवसायीको साथ र सहयोगको आवश्यकता हुन्छ । हुन त कोरोना संक्रमणको तेस्रो भेरिएन्ट झेल्दै अगाडि बढेको निवर्तमान कार्यसमितिलाई जस्तो चुनौती झेल्न नपर्ला । अनि न्यौपाने नेतृत्वको टिमले अटो क्षेत्रको समस्या पनि नजिकबाट बुझेको छ ।

संस्थामा उमेरले कान्छा, कामले खारिदै आएका नवनिर्वाचित अध्यक्ष न्यौपानेले अटो भिलेजको विकासका लागि स्पष्ट योजना बनाएर अटो व्यवसायी, सरोकारवाला निकायको साथ र सहयोगले पुराना र महत्वपूर्ण काम पूरा गर्ने, व्यवसायीलाई सिपमूलक तालिम, गोष्ठी संचालन गर्ने जस्ता उद्देश्य राखेका छन् । विभिन्न ठाउँमा अटो ग्यारेजहरु खुलिसकेकाले प्रतिस्पर्धाको यो समयमा छिटो छरितो गुणस्तरीय सेवा दिन आवश्यक रहेको उनको बुझाई छ । वास्तवमै बुटवल अटो भिलेजलाई नमूना अटो भिलेज वनाउन यो क्षेत्रमा आधुनिक प्रविधिमैत्री वातावरण र सेवा लिने स्थलका रुपमा विकास गर्न सकिएन भने यहाँका व्यवसायी विस्थापित हुन्छन् भन्ने उनले राम्रैसँग बुझेका छन् ।

दामोदर खनाल/बुटवल

सम्बन्धित समाचारहरू

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु...

कारको क्रयास टेस्टमा सेफ्टी रेटिङ कसरी गरिन्छ ? के फाइदा छ ?

कारको क्रयास टेस्टमा सेफ्टी रेटिङ कसरी गरिन्छ ? के फाइदा छ ?

कार किन्दा अन्य फिचरमा बाहेक कारको सेफ्टीमा विशेष ध्यान दिनु पर्छ ।...

गण्डकी अटो मेकानिकलको अध्यक्षमा अधिकारी

गण्डकी अटो मेकानिकलको अध्यक्षमा अधिकारी

पोखरा – गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनको २५औँ वार्षिक साधारण सभा तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...