सुजुकी बलेनोमा अव लेभल–२ एडास, भेन्टिलेटेड सिट र नयाँ इन्जिन

मारुती सुजुकीले आफ्नो लोकप्रिय प्रिमियम ह्याचब्याक बलेनोको नयाँ मोडल भारतीय बजारमा लन्च गरेको छ। नयाँ बलेनोको सुरुवाती मूल्य ६ लाख ९ हजार भारु तोकिएको छ।

नयाँ बलेनोमा डिजाइनसँगै इन्जिन, प्रविधि र सेफ्टी फिचरमा समेत उल्लेखनीय अपडेट गरिएको छ। यसमा नयाँ १.२ लिटर जेड सिरीज ३ सिलिन्डर पेट्रोल इन्जिन प्रयोग गरिएको छ। यसमा म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुनेछ भने बलेनो एस सीएनजी भेरिएन्टमा उपलब्ध हुनेछ ।

यसको फ्रन्टमा पहिलेभन्दा ठुलो ग्रिल, नयाँ बम्पर र अपडेटेड एयर इन्टेक दिइएको छ। हेडल्याम्पको आकार उस्तै भए पनि यसको इन्टर्नल डिजाइन परिवर्तन गरिएको छ। नयाँ अलोय ह्विल र परिमार्जित टेल ल्याम्प र रियर बम्परले कारलाई थप आकर्षक बनाएको छ। यसमा पहिलो पटक लेभल २ एडास, भेन्टिलेटेड फ्रन्ट सिट र क्यूआई सर्टिफाइड वायरले चार्जर जस्ता फिचर उपलब्ध गराइएको छ।

साथै यसमा ड्राइभर सेन्ट्रल ड्यासबोर्ड, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र प्रिमियम क्लेरियन साउन्ड सिस्टम पनि दिइएको छ। सेफ्टीका लागि यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, एडभान्स्ड इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्टजस्ता प्रविधि उपलब्ध छ । नयाँ सुविधा, अपडेटेड डिजाइन र सुधारिएको इन्जिनका कारण नयाँ बलेनोले भारतीय प्रिमियम ह्याचब्याक बजारमा आफ्नो प्रतिस्पर्धालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...