सुजुकीको सबैभन्दा सानो इलेक्ट्रिक कार ई-स्काई लन्च, रेन्ज ३१० किलोमिटर
सुजुकीले जापानमा आफ्नो नयाँ इलेक्ट्रिक केई कार ई-स्काई लन्च गरेको छ। यसमा...
मारुती सुजुकीले आफ्नो लोकप्रिय प्रिमियम ह्याचब्याक बलेनोको नयाँ मोडल भारतीय बजारमा लन्च गरेको छ। नयाँ बलेनोको सुरुवाती मूल्य ६ लाख ९ हजार भारु तोकिएको छ।
नयाँ बलेनोमा डिजाइनसँगै इन्जिन, प्रविधि र सेफ्टी फिचरमा समेत उल्लेखनीय अपडेट गरिएको छ। यसमा नयाँ १.२ लिटर जेड सिरीज ३ सिलिन्डर पेट्रोल इन्जिन प्रयोग गरिएको छ। यसमा म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुनेछ भने बलेनो एस सीएनजी भेरिएन्टमा उपलब्ध हुनेछ ।
यसको फ्रन्टमा पहिलेभन्दा ठुलो ग्रिल, नयाँ बम्पर र अपडेटेड एयर इन्टेक दिइएको छ। हेडल्याम्पको आकार उस्तै भए पनि यसको इन्टर्नल डिजाइन परिवर्तन गरिएको छ। नयाँ अलोय ह्विल र परिमार्जित टेल ल्याम्प र रियर बम्परले कारलाई थप आकर्षक बनाएको छ। यसमा पहिलो पटक लेभल २ एडास, भेन्टिलेटेड फ्रन्ट सिट र क्यूआई सर्टिफाइड वायरले चार्जर जस्ता फिचर उपलब्ध गराइएको छ।
साथै यसमा ड्राइभर सेन्ट्रल ड्यासबोर्ड, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र प्रिमियम क्लेरियन साउन्ड सिस्टम पनि दिइएको छ। सेफ्टीका लागि यसमा एडाप्टिभ क्रुज कन्ट्रोल, एडभान्स्ड इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्टजस्ता प्रविधि उपलब्ध छ । नयाँ सुविधा, अपडेटेड डिजाइन र सुधारिएको इन्जिनका कारण नयाँ बलेनोले भारतीय प्रिमियम ह्याचब्याक बजारमा आफ्नो प्रतिस्पर्धालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...