नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक शो कार हो, जसलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भविष्यमा शोरुम मोडलका रूपमा ल्याउने सम्भावना व्यक्त गरेका छन् । रेनोको सो एसयूभी २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ ।

नयाँ डस्टर सीएमएफ-बी प्लेटफर्ममा आधारित छ । सो एसयूभी अफरोडिङ क्षमतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । कारमा वाई आकारको एलईडी हेडलाइट, भर्टिकल एयर इनलेट, नयाँ फ्रन्ट बम्पर, स्क्वायर ह्विल आर्च र भी आकारको टेललाइट समावेश गरिएको छ । डस्टर अब ५ र ७ सिटको विकल्पमा उपलब्ध हुनेछ । यसको लम्बाइ ४३४० एमएम र ह्विलबेस २६५७ एमएम छ।

नयाँ डस्टरमा डबल लेयर ड्यासबोर्ड र ७ इन्च र १०.१ इन्चको डिजिटल स्क्रिन दिइएको छ । कारमा वायरलेस चार्जिङ, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल र अर्कामिस थ्रीडी साउन्ड सिस्टम जस्ता प्रिमियम फिचर हुनेछ । सेफ्टीका लागि यसमा अटोमेटिक इमरजेन्सी  ब्रेकिङ र एडास जस्ता उन्नत फिचर हुनेछ ।

नयाँ डस्टरमा १.३ लिटर टर्बो पेट्रोल, १.०-लिटर टर्बो पेट्रोल र १.२-लिटर हाइब्रिड पेट्रोल इन्जिन गरी तीन वटा इन्जिन विकल्प दिइने सम्भावना रहेको छ । यसको १.३ लिटर टर्बो पेट्रोल इन्जिनले १५४ बीएचपी र १.२ लिटर हाइब्रिड पेट्रोल  इन्जिनले १७० बीएचपी र २०० एनएम पावर जेनेरेट गर्नेछ ।  सो इन्जिनलाई ५ स्पिड गियरबक्समा ट्युन गरिनेछ ।

नयाँ रेनो डस्टरको मूल्य लगभग २० लाख भारु हुने अपेक्षा गरिएको छ र यसले भारतीय बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, टाटा ह्यारियर, स्कोडा कुशाक र मारुती ग्रान्ड भिटारा जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

पुनरागमन गर्दै रेनो डस्टर, लन्च मिति सार्वजनिक

पुनरागमन गर्दै रेनो डस्टर, लन्च मिति सार्वजनिक

कुनै समय भारतको सबैभन्दा रुचाइएको एसयूभी रेनाे डस्टर अब पुनः भारतीय...

यस्तो छ ड्युअल टोनयुक्त बीएस६ रेनो ट्राइबर

यस्तो छ ड्युअल टोनयुक्त बीएस६ रेनो ट्राइबर

काठमाडौं – नेपाली बजारमा ड्युअल टोन सहितको बीएस६ रेनो ट्राइबर एसयूभी केही...

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

रेनो डस्टर बीएस६ को खुल्यो बुकिङ, उही मूल्यमा उपलब्ध हुने

काठमाडौं – नेपाली ग्राहकले पनि अब बीएस६ इन्जिनयुक्त रेनो डस्टर चढ्न पाउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...