भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु
मारुती सुजुकीले मेड इन इन्डिया फ्रङ्क्सलाई जापानमा निर्यात गर्न सुरु...
नेपाली बजारमा समेत लोकप्रिय सुजुकीको भिटारा ब्रेजा नयाँ डिजाइन एलिमेन्ट्स र इलेक्ट्रिक सनरुफ सहित भारतमा आज सार्वजनिक गरिएको छ । अब यो ब्रेजा नाममा मात्र आउने छ । यसको मूल्य ७ लाख ९९ हजार देखि १३ लाख ९६ हजार भारु सम्म तोकिएको छ ।
ब्रेजामा १.५ लिटर के१५सी पेट्रोल इन्जिन छ, जसले १०३ एचपी पावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । यसको म्यानुअल भेरिएन्टले २०.१५ र अटोमेटिक भेरिएन्टलदे १९.८० किलोमिटर माइलेज दिने दावी गरिएको छ । यो कार प्याडल सिफ्टर सहित ५–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्समा आउने छ ।
सुरक्षाका लागि यसमा स्ट्यान्डर्डको रुपमा ड्युअल एयरब्याग हुनेछ भने जेडएक्सआई प्लस भेरिएन्टमा ६ एयरब्याग हुनेछ । त्यसैगरी हिलहोल्ड असिस्ट सहित स्ट्यान्डर्ड इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम अर्थात ईएसपी हुनेछ । नयाँ बडी कलर, रिडिजाइन गरिएको ग्रिल, ट्विन सी–सेप्ड डीआरएल सहितको न्यु अल–एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, न्यु ड्युअल टोन अलोय ह्विल आदि यसमा भएका फिचर हुन् ।
मारुती सुजुकी ब्रेजा इलेक्ट्रिक सनरुफ भएको पहिलो मारुती कार बनेको छ । त्यसैगरी यसमा एचयूडी अर्थात हेड्स–अप डिस्प्ले पनि छ, जसमा स्पिड, आरपीएम लेवल, फ्युल इकोनोमी र अन्य विभिन्न जानकारी डिस्प्ले हुन्छ ।
पहिलो पटक सन् २०१६ को अटो एक्सपोमा सोकेश गरे पश्चात नै धेरै ग्राहकको मन जित्न सफल भएको भिटारा ब्रेजामा अब भिटारा शब्द हटाएर ब्रेजा मात्र राखिएको हो ।
यसको आकार पहिलेकै जस्तो छ, तर उचाई भने ४५ एमएम बढी छ । ग्लोबल सी प्लेटफर्ममा तयार गरिएको ब्रेजा म्यानुअल र अटोमेटिक गरी १० भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा एलएक्सआई, भीएक्सआई, भीएक्सआई (ओ), जेडएक्सआई, जेडएक्सआई (ओ) र जेडएक्सआई प्लस हुनेछन् ।
यसमा दुई ब्ल्याक ग्रिलका साथै नयाँ डिजाइनयुक्त बम्परमा नयाँ फगलाइट हाउजिङ र सिल्भर स्किड प्लेट छ । यसमा ह्विल आर्च पनि चौडा बनाइएको छ । पहिलेको मोडल भन्दा केही फराकिलो क्लेडिङ छ । त्यसैगरी ठूलो क्वाटर ग्लास, पहिले भन्दा ठूलो रुफरेल र सार्क फिन एन्टेना छ ।
पछिल्लो भागमा एलईडी टेललाइट र ब्रेजा लेटरिङ छ । यसको बम्परमा परिवर्तन गरी सिल्भर स्किड प्लेट दिइएको छ ।
यसमा पहिले भन्दा राम्रो ड्यासबोर्ड छ र मध्य भागमा ब्राउन इन्सर्ट दिइएको छ । त्यसैगरी ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र फ्ल्याट बटम स्टेयरिङ छ । त्यसैगरी ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, १२ भोल्टको सकेट र पुस स्टार्ट स्टप बटन छ ।
मारुती सुजुकीले मेड इन इन्डिया फ्रङ्क्सलाई जापानमा निर्यात गर्न सुरु...
सुजुकी मोटरसाइकल इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्ना ३...
मारुती सुजुकीको लाइट कमर्सियल भेइकल सुपर क्यारी रिभर्स पार्किङ असिस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...