बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा नयाँ महिन्द्रा स्कोर्पियो कैयौ पटक परीक्षणको समयमा देखा परेको छ । कारमा केही परिवर्तन गरेको जानकारी सजिलै देख्न सकिन्छ । सार्वजनिक भएको फोटो अनुसार नयाँ जेनेरेसन वर्तमान मोडलको तुलनामा फरक देखिन्छ ।
कारको डाइमेन्सन र ह्वीलवेस पहिलाको तुलनामा ठूलो र लामो हुने अनुमान गरिएको छ । कारमा बढी स्पेस हुने अनुमान गरिएको छ । हाल उपलब्ध स्कोर्पियो सानदार कार भएता पनि नयाँ स्कोर्पियो अन्य एसयूभीको तुलनामा अलि बढी नै राम्रो हुनेछ । नयाँ जेनेरेसनको साथमा कारको स्टाइल फरक हुने अनुमान गरिएको छ । जबकि परीक्षण मोडलमा लामो बोनट, ठूलो बम्पर र ठूलो फ्रन्ट ग्रिल देख्न सकिन्छ ।
परीक्षण मोडलमा हेलोजन स्विफ्ट लाइट पनि देख्न सकिन्छ । प्रोडक्सन मोडलमा एलईडी डीआरएलको साथमा प्रोजेक्टर लाइट हुने अनुमान गरिएको छ । भर्टिकल टेलगेटको साथमा सो कारमा टेल इन्ड सानो हुनेछ । सो कारको इन्स्ट्रयुमेन्ट क्लस्टर र स्टेयरिङ ह्वीलको साथै ड्यासबोर्डको डिजाइन पनि नयाँ हुनेछ । कारको सिटमा प्रिमियम अपहोल्स्ट्री पनि रहेको छ ।
नयाँ स्कोर्पियोमा महिन्द्रा थारमा जस्तै २.२ लिटर के एमहक डिजेल र २.० लिटर एमस्टालिओन पेट्रोल इन्जिनको विकल्प रहेको छ । यद्यपि सो गाडीको पावर आउटपुटमा केही परिवर्तन हुनेछ । ट्रान्समिसनमा एक ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक समावेश गरेको छ । यसको साथै सेफ्टीको साथ साथै सुविधा पनि अपग्रेड गर्ने अनुमान गरिएको छ । महिन्द्राले हालै स्कोर्पियो स्टिङ नामको ट्रेडमार्क गरेको छ । जुन २०२१ महिन्द्रा स्कोर्पियो नाम हुने सम्भावना रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...