२०७८ जेठ ४ मंगलबार,

तिहारमा नयाँ कार किन्दै हुनुहुन्छ ? यी १० कुरामा दिनुस् ध्यान

तिहारमा नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? वा दसैंमा किनिसक्नु भयो ? यदि नयाँ कार किन्ने सोचमा हुनुहुन्छ भने नयाँ कार खरिद गर्नु भन्दा पहिला केही कुरामा ध्यान दिनु जरुरी छ ।

आफ्नो बजेट र कार लोनको पहिले आकलन 
कार किन्नु पूर्व बजेटको कुरा ध्यानमा आउछ । आफूले तय गरेको बजेट भन्दा बढी बढाउन पनि सकिदैन । त्यसैले कार किन्न जाँदा पहिला आफ्नो बजेट अनुसारको कारको लिस्ट बनाउनु राम्रो हुन्छ । कसैलाई कार लोनको पनि आवश्यकता पर्न सक्छ । कार लोन लिनु भन्दा पहिला बैंकको ब्याज तिर्ने क्षमता छ कि छैन त्यसको पनि आकलन गर्नु पर्छ ।

दैनिक यात्राको जानकारी
कार खरिद गर्नु भन्दा पहिला आफ्नो दैनिक यात्राको बारेमा आकलन गर्नु पर्छ । यसले तपाईलाई पेट्रोल, डिजेल वा इलेक्ट्रिकमा कुन कार उपयुक्त हुन्छ भन्ने आकलन गर्न सजिलो हुन्छ । साथै आफूलाई आवश्यकता अनुसारको कार खरिद गर्न सकिन्छ ।

मनपर्ने कारको बारेमा जानकारी 
बजेट छुट्याइसके पछि आफूलाई मनपर्ने कारको बारेमा जानकारी जुटाउनु पर्छ । कुन मोडलको कति मूल्य पर्छ र कस्तो छ भन्ने जानकारी लिनु पर्छ । अनलाइन रिसर्चमार्फत वा डिलरमा गएर सिधै पुरा जानकारी लिन सकिन्छ । यसको साथै आफूलाई मनपर्ने कार चलाइरहेको साथीहरुसँग पनि सोधेर जानकारी लिन सकिन्छ ।

फाइनान्स गर्नु भन्दा पहिला एजेन्सीसँग आवश्यक जानकारी
आफूसँग प्रर्याप्ट बजेट छैन भने अटो लोनमा पनि निर्भर पर्नु पर्ने हुन्छ । यसको लागि बैंक र थर्ड पार्टी एजेन्सीसँग त्यस वारेमा जानकारी लिन सकिन्छ । यसको लागि तुलनात्मक अध्ययन गर्नु पर्छ । यसले तपाईलाई आफ्नो आय अनुसारको लोन दिन मद्दत गर्छ ।

क्रेडिट स्कोर खराब छ भने पहिला सुधार गर्नु आवश्यक
यदि तपाई बैंकबाट लोन लिन चाहनुहुन्छ भने पहिला क्रेडिट स्कोर बलियो हुनु पर्छ । यसले तपाईले बढी रकम लिन सक्नुहुन्छ र ब्याज दरमा पनि फाइदा हुन्छ । यदि क्रेडिट स्कोर खराब छ भने अटो लोन नलिनु होला ।

सेकेन्ड ह्याण्ड कार पनि राम्रो विकल्प
पहिलो पटक कार खरिद गर्ने खरिदकर्तालाई सेकेन्ड ह्याण्ड कार पनि राम्रो विकल्प हुन सक्छ । सेकेन्ड ह्याण्ड कार पनि ३ वर्ष देखि ५ वर्षसम्मको लागि राम्रो मोडलको उपलब्ध हुन सक्छ । जसमा राम्रो सुविधा पनि पाउन सकिन्छ । यी कार कम मूल्यमा पनि पाउन सकिन्छ ।

टेस्ट ड्राइभ 
आफूलाई अनुकुल कार छानिसके पछि कारको फाइनल टेस्ट ड्राइभ गर्नु पर्छ । टेस्ट ड्राइभले कारको फिचरको अनुमान गर्न सकिन्छ ।

कार खरिद गर्दा मोलमोलाई गर्न न हिचकिच्याउनु
कार खरिद गर्नु पूर्व कारको मोलमोलाई गर्न कहिले पनि हिचकिच्याउनु हुँदैन । धेरै कम्पनीहरुले विभिन्न प्रकारका छुट प्रदान गरिरहेका हुन्छन् । यसले केही हदसम्म भार कम हुन मद्दत गर्छ । साथै फाइनान्स र वारेन्टी सम्झौता नियम र शर्तको बारेमा राम्रो जानकारी हुनु पर्छ ।

सेकेन्ड ह्याण्ड कार लिनु भन्दा पहिला कारको टेस्टिङ
यदि तपाई सेकेन्ड ह्याण्ड कार किन्ने सोचमा हुनुहुन्छ भने कारको टेस्टिङ गर्नु पर्छ । यसको लागि परिचित मेकानिक्सको सहायता लिन सकिन्छ ।

कार फाइनल गर्न हतार 
आफ्नो आवश्यकता अनुसार कार लिनको लागि कहिले पनि हतार गर्नु हुँदैन । हतार गर्दा लामो समयसम्म झन्झट हुन सक्छ । धेरै सोच विचार गरेर मात्र कार लिनु पर्छ । यसले तनाब कम हुन्छ ।

 

लोकप्रिय

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

बीएमडब्ल्यु बाइकः १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक सर्भिसिङ गरे पुग्ने, खर्च समेत निकै कम

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...