जोंगसेन ब्रान्डको मोटरसाइकल भित्रिदै, हरिप्रसाद निरौला(कक्रोज) बने ब्रान्ड एम्वास्डोर

नेपाली बजारमा अबको केही महिनापछि नयाँ ब्रान्डको चिनियाँ मोटरसाइकल भित्रिने भएको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी आधिकारिक बितरक रिजोन मोटरसाइकल बिजनेश प्रालिले २०७८ सालको साउन महिनादेखी चीनको प्रख्यात ब्रान्ड जोंगसेनलाई नेपाली बजारमा भित्राउने जानकारी गराएको हो ।

साथमा कम्पनीले उक्त ब्रान्डको बजार प्रबद्र्धनका लागि सक्किगोनी टेलिसिरियलका कलकार हरिप्रसाद निरौला उर्फ कक्रोजलाई ब्रान्ड एम्बास्डोरमा नियुक्त गरेको छ ।

बिश्वका ८० बढी राष्ट्रमा निर्यात हुँदै आएको र चीनको उत्कृष्ट पाँच ब्रान्डमा गनिने जोंगसेन ब्रान्डलाई नेपाल भित्राउने तयारी थालिएको कम्पनीका प्रबन्ध निर्देशक खगेन्द्र बस्नेतले जानकारी गराए । उनले भने, ‘पहिलो चरण अन्तर्गत ४०० सिसी क्षमतासम्मका ३ वटा यरो फोर मोडल नेपाल भित्राइने छ भने बिस्तारै थप मोडल समेत अयात गरिँदै लगिनेछ ।’ यी बाइकको मुल्य २ देखी ८ लाख रुपैयाँसम्म पर्ने उनले बताए । बाइकको बिक्री र बिक्री पछिको सेवाका लागि धोबीघाटमा नयाँ शोरुम निर्माण भैरहेको समेत उनले जनाकारी गराए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...