बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली अटो बजारमा पछिल्लो समय नयाँ ब्रान्डका सवारीसाधन एक पछि अर्को थपिने क्रम बढिरहेको छ । कोरोना शुरु भएयता सवारी साधनको बिक्री प्रभाबित बने पनि व्यवसायीहरुले तत्कालका लागि बिक्री गर्न भन्दा पनि ब्रान्ड होल्ड गर्ने रणनीति अनुरुप नयाँ सवारीसाधन भित्र्याएको समेत देखिन्छ ।
कोरोना शुरु भएयता नेपाली बजारमा बिश्वप्रसिद्ध बिएमडब्लु ब्रान्ड औपचारिक रुपमै भित्रिइसकेको छ भने सिट्रोन र प्रोटोन ब्रान्ड भित्रिने अन्तिम तयारीमा छन् । यी तीनवटै ब्रान्डलाई अटोमोबाइल व्यवसायमा स्थापित पुरानै कम्पनीहरुले भित्र्याएका हुन् ।
बिएमडब्लुलाई हुन्डाई गाडीको आधिकारिक बिक्रेता समेत रहेको लक्ष्मी ग्रुपले भित्र्याएको हो भने सिट्रोनलाई प्युजो ब्रान्डको आधिकारिक वितरक सांग्रिला मोटर्सले भित्र्याउन लागेको हो । त्यसैगरी टीभीएस मोटरसाइकलको अधिकारिक वितरक शंकर ग्रुपले मलेसियन ब्रान्ड प्रोटोन भित्र्याउन लागेको हो । यी तीनवटै अन्तर्राष्ट्रिय बजारमा कहलिएका ब्रान्ड हुन् ।
त्यसैगरी मोटरसाइकलतर्फ जावा र हस्कभर्ना ब्रान्ड भित्रिएका छन् । जावालाई महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले भित्र्याएको हो भने हस्कभर्नालाई बजाज र केटीएम बाइकको आधिकारिक बितरक गोल्छा अर्गनाइजेसनले भित्र्याएको हो ।
कोरोना महामारीका कारण अर्थतन्त्र शिथिल बनेको भनिएको समयमा भित्रिएका यी सवारी ब्रान्डलाई बितरक कम्पनीहरुले तत्काल बिक्री गर्न भन्दा पनि ब्रान्ड होल्ड गरी सहज परिस्थितिमा बिक्री गर्ने रणनीति अनुरुप भित्र्याएको सहजै अनुमान लगाउन सकिन्छ किनकी तत्काल यी प्रिमियम ब्रान्डका सवारी साधनको कारोबार अपेक्षित रुपमा हुने देखिदैन । यद्यपि भविष्यमा भने यी ब्रान्डले अवश्य पनि फरक पहिचान कायम गर्नेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...