सब्स्क्रिप्सन मोडलमा पठाओ, अब राइडरले कमिसन तिर्नु नपर्ने
राइड सेयरिङ एप पठाओले राइडर तथा क्याप्टेनहरूका लागि सब्स्क्रिब्सन मोडल...
टाटा मोटर्सले २०२१ संस्करणको टाटा सफारी एसयूभी २६ जनवरीमा डेब्यु गर्ने योजना बनाएको छ । लन्च भन्दा पहिला सफारी नेमप्लेटको पहिलो युनिट पुणेमा उत्पादन लाइनबाट बाहिर निकालिएको छ । सो कार खरिदकर्तालाई सजिलो बनाउनको लागि टाटा मोटर्सले टाटा सफारी इमेजिनेटर सुट पेश गरेको छ ।
टाटा सफारी एक्सई, एक्सएम, एक्सटी र एक्सजेट गरी ४ भेरिएन्टमा उपलब्ध हुनेछ । सफारी २०२० अटो एक्सपोमा ग्रेभिटासको रुपमा प्रदर्शित गरिएको थियो । भारतमा सो कार ६ सिटर र ७ सिटरमा प्रस्तुत गरिनेछ । यसको क्याप्टेन सिट र मध्यमा बेन्च सिट पनि हुनेछ ।
ग्रेभिटासको साथ प्यानोरमिक सनरुफ उपलब्ध नहुने बताइएको थियो । तर सफारीको उत्पादन तयारी इकाईमा हालै सनरुफको साथमा देखाएको छ । सो सुविधा केबल रेन्ज टपिङ एक्सटी र एक्सजेड भेरिएन्टको साथमा पेश गरिनेछ ।
रिपोर्टका अनुसार आगामी एसयूभी ३ पेन्ट स्किममा उपलब्ध हुनेछ । जसमा रोयल ब्लु, ओरकस ह्वाइट र डेटोना ग्रे समावेश रहेको छ । अतिरिक्त तेस्रो पंक्तिको साथै सफारीको एक इलेक्ट्रोनिक पार्किङ ब्रेकको साथमा हेरियरमा उपलब्ध रियर डिस्क ब्रेक पनि समावेश हुने अपेक्षा गरिएको छ ।
टाटा सफारीमा पावर दिनको लागि २.० लिटर फोर सिलिन्डर किरोटेक डिजेल इन्जिन समावेश गरिएको छ । जसले १७० पीएसको पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । सो कारमा ६ स्पिड म्यानुअल गियरबक्स र वैकल्पिक ६ स्पिड टर्क कन्भर्टर अटोको साथमा पेश गरिनेछ ।
सफारी कार फ्रन्ट ह्विल ड्राइभ कन्फिगरेसनको साथमा उपलब्ध हुनेछ । यद्यपि टाटा मोटर्स बजारको माग अनुसार फोर ह्विल ड्राइभ एडिसनमा प्रस्तुत गर्न सक्नेछ ।
टाटा सफारीको आधिकारिक बुकिङ २६ जनवरीबाट सुरु गरिनेछ । सो कारको टेस्ट ड्राइभ जनवरीको अन्तिमदेखि सुरु गरिनेछ । सो कारले एमजी हेक्टर प्लस र नयाँ महिन्द्रा एक्सयूभी५०० सँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...