यस्तो हुनेछ सुजुकीको पहिलो ई–स्कुटर
हिरो मोटोकर्प, टीभीएस र बजाजले इलेक्ट्रिक स्कुटर पहिले नै लन्च गरिसकेका...
विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमा ईभी र हाइब्रिड कारको बिक्री दर ५० प्रतिशत पुगेको छ । मिडिया रिपोर्टका अनुसार चीनमा पहिलोपटक ईभी र हाइब्रिड कारको मासिक बिक्री दर ५० प्रतिशत पुगेको हो । गत जुलाईमा बिक्री भएको कुल प्यासेन्जर कारमा ईभी र हाइब्रिड कारले ५० प्रतिशत भन्दा बढी योगदान दिएको रिपोर्टमा उल्लेख छ ।
चाइना प्यासेन्जर कार एसोसिएसनको तथ्यांक अनुसार न्यू इनर्जी भेइकलले गत वर्षको जुलाई महिनाको तुलनामा ३७ प्रतिशत बढि बिक्री हासिल गर्दे कार बिक्रीको ५०.७ प्रतिशत हिस्सा ओगटेको हो ।
ईभी आपूर्तिमा ठूलो लगानीले चीनमा घरेलु ईभी उद्योगको द्रुत बृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ । ३ वर्षअघि मात्रै चिनियाँ बजारमा गाडीको कुल बिक्रीको ७ प्रतिशत हिस्सा न्यू इनर्जी भेइकलले लिएको थियो ।
गत जुलाईमा मात्रै प्योर इलेक्ट्रिक कारको बिक्री १४.३ प्रतिशतले बढेको छ । जवकी जुन महिनामा उक्त बृद्धिदर जम्मा ९.९ प्रतिशत मात्रै थियो । चीनपछिको दोस्रो ठूलो अटो बजार अमेरिकामा भने ईभीको बिक्री दर जम्मा १८ प्रतिशत मात्रै छ ।
हिरो मोटोकर्प, टीभीएस र बजाजले इलेक्ट्रिक स्कुटर पहिले नै लन्च गरिसकेका...
सिम्पल इनर्जीले आफ्नो जेन–२ इलेक्ट्रिक स्कूटर लन्च गरेको छ । तीन...
काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामै गत आर्थिक वर्षभर नेपाल भित्रिए...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...