नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५, टोलदेखि ट्रयाकसम्मको हाईवे

बागमती प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बाट मान्यता प्राप्त मोटर स्पोर्टस् नेपाल क्लबको वार्षिक रेसिङ सिरिज नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ भव्यताका साथ सम्पन्न भएको छ ।

विगत एक दशकदेखि नेपाली मोटरसाइकल रेसिङको क्षेत्रमा क्रियाशील यस क्लबद्वारा आयोजित यो नेपालको एकमात्र रेसिङ सिरिज हो, जसले नेपाली बाइक राइडिङ च्याम्पियनहरु र शुरुवातका युवा राइडर दुवैलाई महत्वपुर्ण प्लेटफर्म उपलब्ध गराएको छ ।

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसन, चितवनको सहकार्यमा संचालित यस रेसिङ सिरिजमा कुल पाँचवटा प्रतिस्पर्धा गराईयो, जसको शुरुवात गत चैत ३१ गते (१३ अप्रिल २०२५) मा सातदोबाटोबाट भएको थियो ।

जसको नेसनल क्याटोगरीमा श्रीहरि पौडेल, रितेश खत्री र राजकुमार कार्की क्रमशः प्रथम, द्वितिय र तिृतिय भएका थिए त्यसैगरी सो ईभेन्टको नोभिस क्याटेगोरी विजेतामा क्रमशः प्रशान्त सुतिहार, सयल गजमेर र आयुष दुवाल तथा विमेन्स क्याटेगोरीकामा क्रमशः नवाङ मोक्तान, सुरक्षा केसी, नितिका गजुरेल पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले शुभारम्भ गरेको सो सिरिजको फाइनल राउण्डको समेत शुभारम्भ उनैले गरेका थिए ।

कुल पाँच राउण्डको सो च्याम्पियनसिपको दोश्रो राउण्ड जेष्ठ ३१ (१४ जुन २०२५) मा चण्डेश्वरी ड्राईभिङ स्कूल, बनेपामा सम्पन्न भएको थियो । यसपटक नेसनल क्याटेगोरीमा श्रीहरि पौडेल, दिलिप दनुवार र संस्कार विष्ट विजयी रहे भने नोभिस र विमेन्स क्याटेगोरीका विजेताहरुमा क्रमशः सायल गजमेर, क्रिशल थापा र साईमन चौलागाईं तथा समिक्षा केसी, वर्षा वस्नेत र नवाङ मोक्तान रहेका थिए ।

बनेपाकै संयुक्त ड्राईभिङ स्कुलमा तेस्रो राउण्ड भाद्र १४ (३० अगस्त २०२५) मा सम्पन्न नेसनल क्याटोगरीमा क्रमशः श्रीहरि पौडेल, दिलिप दनुवार र अभिनव राज मल्लले पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे । सायल गजमेर, सुजित लामा र अभि रिसाल नोभिस क्याटेगोरी तर्फ क्रमशः पहिलो दोस्रो र तेस्रो भए भने, वर्षा वस्नेत, नवाङ मोक्तान र समिक्षा केसीले विमेन्स क्याटेगोरीमा बाजी मारे ।

सोही सिरिजको चौथो राउण्ड मंसिर २९ (१५ नोभेम्बर २०२५) मा धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा सम्पन्न भयो, जसमा क्रमशःश्रीहरि पौडेल, राजकुमार कार्की र सुजन थापा मगर नेसनल क्याटोगरीमा तथा सुजित लामा, सिमन र्चौलागाईं र प्रशान्त शर्मा नोभिस क्याटोगरीमा विजयी भए भने यस पालि प्राविधिक कारणवस महिला क्याटेगोरी समावेस थिएन ।

नेपाल रोड रेसिङ च्याम्पियनसिपकै फाइनल राउण्ड पनि धुलिखेलमै पौष ५ (२० डिसेम्वर) मा सम्पन्न भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाद्वारा शुभारम्भ गरिएको सो राउण्ड पश्चात विजयीहरुले प्राप्त गरेको पोइन्टको आधारमा च्याम्पियनसिपको समग्र विजेताहरुका पनि टुङ्गो लागेको थियो ।

नेसनल क्याटेगोरीमा सदाझै श्रीहरि पौडेलनै विजयी भए । यस अगाडीनै उनी समग्र च्याम्पियनसिपको नेसनल क्याटेगोरीमा विजयी भै सकेका थिए । फाईनल राउण्डबाट राजकुमार कार्कीले द्वितीय स्थान हात पार्दै कमब्याक गरे भने दिपेस जैश्वालले तेस्रोमा चित्त बुझाए । नोभिस क्याटेगोरीमा अभि रिसाल प्रथम, साईमन चौलागाई द्वितिय र प्रशान्त सुतिहार तितिृय भए, जसको आधारमा उनीहरुको च्याम्पियनसीपको विजेताको यात्रा तय भयो । पाँचौ राउण्डको विमेन्स क्याटेगोरीमा क्रमशः वर्षा वस्नेत, नितिका गजुरेल र आयुशा केसी प्रथम द्वितिय र तिृतिय बन्न सफल भए ।

मथिका पाँचवटै राउण्डबाट प्राप्त पोईन्टका आधारमा समग्र च्याम्पियनसीपको नेसनल क्याटेगोरीमा श्रीहरि पौडेल प्रथम, राजकुमार कार्की द्वितीय र दिलीप दनुवार तिृतिय भए । त्यसैगरी नोभिस क्याटेगोरीमा सायल गजमेर प्रथम, प्रशान्त सुतिहार द्वितिय र साईमन चौलागाई तिृतिय भए । त्यसैगरी नवाङ मोक्तान, सुरक्षा केसी र वर्षा वस्नेतले विमेन्स क्याटेगोरीमा च्याम्पियन बने ।

मोटरस्पोर्टस नेपाल क्बलद्वारा आयोजित रोड रेसिङ च्याम्पियनशिप २०२५ सिरिजहरुबाट सबै क्याटेगोरी अन्तर्गतका विजयी, उत्कृष्ट खेलाडी राइडरहरु भारतको चेन्नईमा २०२६ जनवरी ९–११ मा हुने एमएमएससी नेपाल टिभिएस रेसिङ्ग रेसको लागी छनौटमा परेका छन् ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु राइड्स मुख्य प्रायोजक रहेको नेपाल रोड रिसिङ च्याम्पियनसिप २०२५ का कुल पाँचवटै इभेन्टका विजयी सहभागीको पोइन्टको आधारमा सर्वाधिक पोइन्ट प्राप्त खेलाडीलाई सिरिजकै विजयी घोषणा गरिएको थियो । विश्वव्यापी प्रतियोगितामा समेत सोही विधिअनुसार नै मुल्याङकन गर्ने गरिन्छ ।

इभेन्टको टायर पार्टनरमा रिइज् टायर, इनर्जी पार्टनर एक्सट्रीम इनर्जी, सेफ्टी पार्टनर कवच गियर, सिरिज ल्युव पार्टनर शेल लुब्रिकेन्ट र इभेन्टमा गल्फ, क्याष्ट्रोल र पेट्रोनास, लगायतका कम्पनी र ब्रान्डहरूको सहयोग रहेको थियो । काठमाडौं रेडक्रस र धुलिखेल अस्पताल, नासा नेपालको मार्शल टीम, चण्डेश्वरी र संयुत ड्राइभिङ स्कुल, बनेपा तथा राखेप जस्ता निकायको प्रत्यक्ष सहयोग बिना यो चुनौतीपूर्ण रेसिङ सम्भव थिएन ।

रेसिङ्का तिनैवटा विधा नेसनल, नोविस र विमेन्स क्याटेगोरीका प्रत्येक इभेन्टका विजयीले शिल्ड र प्रमाणपत्र प्राप्त गरे भने च्यामिपयनशिपको विजयीहरुले माथि उल्लेखित चेन्नईको मद्रास मोटर स्पोर्टस् क्लबमा हुने एमएमएससी नेपाल टिभीएस् रेसिङ् रेसमा सहभागिताको अवसर प्राप्त गरेका छन् ।

बागमती स्पोर्टस् डेभलपमेन्ट काउन्सिल, अन्तराष्ट्र्रिय मोटरसाइकल फेडेरेसन र मद्रास मोटर स्पोर्टस् क्लबको सहयोगमा आयोजना हुने सो रेसिङको सम्पुर्ण व्यवस्थापकीय जिम्मेवारी मोटर स्पोर्टस् नेपाल क्लबलाई दिइएको छ ।

विश्वकै सबैभन्दा साहसिक खेलको रुपमा परिचित मोटर स्पोर्टस् र त्यसभित्रको मोटरसाईकल रेसिङ नेपाली युवामा लोकप्रिय बन्दै गइरहेको छ । थ्रील, एडभेन्चर र प्यासनको संयोजन यस्ता रेसिङमा नेपाली खेलाडीले विश्वस्तरीय र महादेशीय प्रतिस्पर्धामा समेत आफूलाई उभ्याइसकेका छन् ।

आवश्यक सरकारी सहयोग प्राप्त नहुनु, परम्परागत प्रमोसन विधि, वीमामा भएको कठिनाई, मोटरसाइकल सम्बन्धित उद्योगको कमी र मार्केटको सीमितता, दक्ष खेलाडीहरूको पलायन र आवश्यक पूर्वाधारको अभाव बीचमा पनि क्लब तथा संघले हालसम्म गरेको कार्यहरू सन्तोषजनक मान्न सकिन्छ तर अगाडि उत्तिकै चुनौती छन् । मित्र–राष्ट्रका संघ र अन्तराष्ट्रिय महासंघको सहयोगमा समय समयमा हुने अन्तराष्ट्रिय अनुभवलें नेपाली रेसिङ कम्युनिटीलाई सही ट्रयाकमा पुर्याउने विश्वास लिन सकिन्छ ।

हालै कुरिनटारमा सम्पन्न भएको नेपाल अटोमोवाइल एसोसिएसनको एघारौँ साधारण सभाले केही क्लव र संघ संस्थालाई विशेष कार्यको लागि विशेष जिम्मेवारी दिने निर्णय भएको छ र मोटर स्पोर्टस् नेपाल क्लबलाई मोटरसाइकल रेसिङको लागि नै विकास गरिने भएको छ । आगामी दिनमा क्लबले आफूलाई, नासा नेपाललाई र नेपाली मोटरसाईकल क्षेत्रलाई थप सकारात्मक योगदानको लागि परिष्कृत गर्नेछ भन्ने अपेक्षा गर्नु सान्दर्भिक होला ।

नेपालका मोटरसँग सम्बन्धित सम्पुर्ण स्पोर्टस्को राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित नासा नेपालले आउँदो दिनमा आफूलाई नेपाली अटोमोबाइल क्षेत्रकै साझा र नेतृत्वदायी संस्थाको रुपमा अगाडि लाने निर्णयको सन्दर्भमा संघमा आबद्ध निकायको थप सक्रियता र ब्यवस्थापन जरुरी देखिन्छ । सन् २०११ देखि अन्तरष्ट्रिय मोटरसाईकल फेडेरेसन एफआईएममा आबद्ध नासा नेपालले यस अघिपनि एफआईएमको सहयोगमा मोटर साईकलका थुप्रै इभेन्ट र अभियान सञ्चालन गरिरहेको छ ।

संघका सचिव तथा क्लबका निर्देशक विनोद तण्डुकारका अनुसार यस वर्ष समेत क्लब र संघले पनि दर्जनौं स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय इभेन्टहरुको लागि काम गरिरहेको छ ।

‘रोड रेसिङ बाहेक नेपाली बाइक रेसिङको लोकप्रिय सिरिज रेसमाण्डु र क्रसमाडुलाई समेत नियमित बनाउने, रेसनारीको लागि थप ब्रान्डिङ गर्ने, ट्युरिङका इभेन्ट व्यवसायिक र अन्तराष्ट्रियकरण गर्ने तथा कर्पोरेट साझेदारी र रोड सेफ्टीमा सक्रियता अङ्ग्रेजी नयाँ वर्ष २०२६ का मुख्य कार्य हुन्’ संघका उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका संयोजक अनिल कुमार बरालले भने ।

यो सिरिज सम्पन्न हुँदासम्मको अनुभवमा नेपालमा संघले तत्कालै केही काम शुरू गर्नु पर्नेछ । ब्यवस्थित र योजनाबद्ध ब्रान्डिङ मार्केटिङ, रोड रेसिङको लागि ब्यवस्थित ट्रयाकको खोजी, राइडर्स र प्राविधिकलाई उचित तालिम, खेलाडीलाई उचित एक्सपोजर र क्लबको कार्यक्षमता विस्तार जस्ता कार्य तत्काल शुरू गर्नु पर्नेमा संघ सचेत देखिन्छ ।

एक लाख किलोमीटर सडक र साठी लाख मात्रै सवारी साधन भएको देशमा मोटरसाइकलको संख्या भने अत्यन्तै धेरै अर्थात् कुल सवारी साधनको अस्सी प्रतिशत ज्यादा छ । त्यसले पनि नेपालमा मोटरसाइकल रेसिङ, र्याली र टुरिङको सम्भावना रहेको बुझ्न सकिन्छ । आज सार्वजनिक प्रतिष्ठा, रोजगारी, अवार्डिङ, समृद्धि र सार्वजानिक जीवनको अभिन्न अङ्ग जस्तै बन्न पुगेको छ नेपालमा मोटरसाइकल ।

पछिल्लो समय साहसिक खेलकुद र पर्यटनमा मोटरसाइकलको उत्तिकै महत्व देखिदैछ । आज जे–जस्ता इभेन्ट भइरहेका छन्, त्यसमा मोटरसाइकलका इभेन्टहरु अन्य खेलको तुलनामा लोकप्रिय बनेको छ । खेलकुद देखि पर्यटनसम्म, भारी देखि सवारीसम्म उत्तिकै स्थान बनाएको मोटरसाइकलको भने कहिले खुल्ने होला नेपालमा कारखाना !

दुई बर्ष अघिको नेपाल अटोमोबाइल एसोसिएसनको साधारण सभाले स्पोर्टस् ईभेन्ट्स प्रदेश संघ, क्लब र एसोसिएटहरुलाई आयोजना गर्न जिम्मा दिने निर्णय अनुसार नै हाल नेपालमा प्रदेश संघ तथा रेसिङ क्लबहरु क्रियाशिल छन् ।

नासा नेपालसंगको आबद्धता र सहकार्यमा स्थानीय देखि राष्ट्रिय इभेन्टहरु मोटर स्पोर्टस् नेपाल क्लबले आयोजना गरीरहेको छ । नासा नेपालले ‘एक्सप्लोर द ट्रयाक’ अभियान अन्तर्गत रोड रेसिङ च्याम्पियन र केही उत्कृष्ट राईडरहरुलाई विदेशका विश्वस्तरीय ट्रयाकमा गएर रेसिङ तथा प्रशिषणको अवसर सृजना गरी रहेको हो ।

आशा गरौ सन् २०२६ नेपाली मोटर स्पोर्टस्को लागि, खेलाडी, प्राविधिक र अफिशियलको लागि आशा, भरोसा र इभेन्टहरुको वर्ष हुनेछ ।

सम्बन्धित समाचारहरू

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले करिव दुई...

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

काठमाडौं – १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...