नेपाल रोड रेसिङ च्याम्पियन बने राजकुमार
काठमाडौं – शुक्रबार र शनिबार सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२...
काठमाडौं– नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ सम्पन्न भएको छ । असोज २७ गते सम्पन्न सो कार्यक्रमलाई मोटर स्पोर्टस नेपाल क्लवले नासा नेपालसंगको सहकार्यमा आयोजना गरेको हो । कार्यक्रमलाई यामाहा मोटरसाइकलले प्रायोजन गरेको थियो । प्रतियोगितमा राइडरले विभिन्न बिधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितमा नेश्नलतर्फ राजकुमार कार्की बिजयी बने भने रितेश कार्की फस्र्ट रनरअप र सेकेन्ड रनर अपमा आशिक लामाले बाजी मारे । नेभीसतर्फ अभिनभराज मल्ल बिजयी हुँदा फस्र्ट रनर अप बिक्रम तामाङ र सेकेन्ड रनर अप दिपेश नगरकोटी बने ।
महिलातर्फ मिङ्ग्मा डोल्मा तामाङ बिजीय भईन भने फस्र्ट रनर अपमा वर्षा बस्नेत र सेकेन्ड रनरअप रोशनी भण्डारी बनिन् । बिजेताहरुले १५ हजार नगद पुरस्कार पाएका थिए भने फस्र्ट रनअपले १० हजार र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी हात पारे ।
नासा नेपालका अध्यक्ष दशरथ रिसालले मन्तब्य राखेपछि सुरु भएको सो कार्यक्रममा यामाहा मोटरसाइकल तथा स्कुटर बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका सिईओ राजु क्षेत्री प्रमुख अतिथीका रुपमा उपस्थित भएका थिए ।
काठमाडौं – शुक्रबार र शनिबार सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२...
एसियाली मोटरसाइकल फेडरेसन (एफआईएम एसिया) को आयोजनामा भोलि सेप्टेम्वर १...
महिलाको मोटर स्पोर्ट्समा समान सहभागिता मुख्य नाराका साथ ११४ औँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...