नौबिसे–नागढुङ्गा सडक खण्डको काम ८५ प्रतिशत सम्पन्न

काठमाडौँ–निर्माणधिन नौबिसे–नागढुङ्गा सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सो सडक खण्डअन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्नेमा आयोजनाले अधिकांश काम सम्पन्न गरिसकेको हो ।

आयोजनाका अनुसार अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ । अन्तिम तहको कालोपत्रे सम्पन्न भएपछि सडक सुरक्षासम्बन्धी मापदण्ड तथा रंगरोगनको काम सुरु गरिनेछ ।

खानीखोला क्षेत्रमा निर्माण हुने आकाशे पुलस्थलमा रहेका टहरासम्बन्धी विवादका कारण पनि केही समय निर्माण कार्य ढिलाइ भएको थियो । आकाशे पुल निर्माणलगायत मुख्य कामहरू ३५ दिनभित्र सम्पन्न गर्ने आयोजनाको दाबी छ ।

सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले एउटै विषयमा समाज विभाजित हुँदा निर्माण कार्यमा समस्या हुँदै आएको आयोजनाले जनाएको छ ।

आकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई स्थानान्तरण गरिसकिएकाले अब कामले गति लिने विश्वास आयोजनाले लिएको छ । यस सडकलाई सगुन कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

सुनकोशीको बेलिब्रिज झिकियो, सास्ती खेप्दै खोटाङ र भोजपुरबासी

सुनकोशीको बेलिब्रिज झिकियो, सास्ती खेप्दै खोटाङ र भोजपुरबासी

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज...

शुरु भयो सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल

शुरु भयो सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल

काठमाडौं– सरल सेलरस क्रेडिट एडभाइजरी प्रालिको आयोजनामा ‘सेकेन्ड ह्यान्ड...

विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?

विश्वका सबैभन्दा धेरै इलेक्ट्रिक कार प्रयोग गर्ने १० देश, कुन देशमा कति ?

इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...