खेलकुदमन्त्री गुप्तासमक्ष नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा सुझावपत्र पेश

काठमाडौं - नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिहरूले आज मन्त्रालयमा भेट गरी बधाइ सहितको सुझावपत्र पेश गरेका छन् ।

संघका मार्शल एण्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टिमले संघको तर्फबाट बधाइ दिँदै नेपालमा मोटरस्पोट्र्स र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका थिए ।

साे अवसरमा संघका प्रतिनिधिहरूले युवा तथा खेलकुद मन्त्रालयले साँच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताए । उनीहरूले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यवसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाइल्स एसोसिएसनको सधैं साथ सहयोग र समर्थन प्रतिवद्धता व्यक्त गरे ।

संघको तर्फबाट सुझाब पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै, “मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो,” भन्दै संघ, खेलाडी र अफिसियलहरूको सुझावहरूलाई आत्मसात गर्ने बताए ।

उनले संघको तर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियल मार्फत प्राप्त सुझावले युबा वर्गमा हौसला पुग्ने बताए ।

सम्बन्धित समाचारहरू

सेफ्टी राइडिङ इनिसिएटिभ शुभारम्भ, महिला राइडरले गरे प्रयोगात्मक अभ्यास

सेफ्टी राइडिङ इनिसिएटिभ शुभारम्भ, महिला राइडरले गरे प्रयोगात्मक अभ्यास

काठमाडौं – फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम – एफआईएमको सहयोगमा नासा...

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन...

३६ जना ड्राइभरलाई र्‍यालीक्रस र अटोक्रसको तालिम

३६ जना ड्राइभरलाई र्‍यालीक्रस र अटोक्रसको तालिम

काठमाडौँ  – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा गत शुक्रबार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...