नवनिर्वाचित सांसदहरुलाई नासा नेपालको बधाई, सडक सुरक्षा र साहसिक खेलकुदप्रति प्रतिबद्धता

काठमाडौँ – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू सिन्धुलीका आशिष गजुरेल र बागलुङका सोम शर्मालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

ललितपुरस्थित रोयल टुलिप होटलमा आइतबार आयोजित एक कार्यक्रमका बिच बधाई ज्ञापन गर्दै नेपाली सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटनका विषयमा ध्यानाकर्षण पत्रसमेत हस्तान्तरण गरिएको थियो ।

नासा नेपालले भनेको छ, ‘नेपालका दर्जनौँ संघ–संस्थाहरूले निर्वाचनपूर्व नै रास्वपा लगायतका प्रमुख राजनीतिक दलहरूलाई यस्ता सुझावहरू प्रस्तुत गरेका थिए । संयोगवश, उहाँहरू दुवै जना रास्वपाबाट निर्वाचित हुनु भएको छ, जुन पार्टीले संसदमा लगभग दुई–तिहाइ बहुमतसहित सरकार गठन गर्ने अवस्थामा रहेको छ ।’

अल्पाइन स्पोर्ट्स फेडेरेसन–नेपालसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा संघका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी सदस्य सुवर्ण केशरी श्रेष्ठ तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

त्यसैगरी, संघका उपाध्यक्ष अनिल कुमार बराल र सिताराम न्यौपाने, अल्पाइन स्पोर्ट्स फेडेरेसन–नेपालका अध्यक्ष गोविन्द भट्टराई, रोड सेफ्टीका पिएचडी स्कलर भगवती सेढाई, कर्णाली अल्पाइन स्पोट्र्स फेडेरेसनका अध्यक्ष देवीकृष्ण रोकाया तथा दुवै संस्थाका अन्य पदाधिकारीहरूले पनि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा आशिष गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी विषयमा र सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनसम्बन्धी विषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै आशिष गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक तथा राजनीतिक प्रतिबद्धताअनुसार सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल अटोमोबाइल्स एसोसिएसनप्रति आफ्नो आत्मियता व्यक्त गर्दै संघका दक्ष, योग्य र क्रियाशील व्यक्तिहरूलाई आगामी सरकारका कदमहरूमा साथ दिन अनुरोध गरे ।

यसैगरी, अर्का सांसद सोम शर्माले नेपाली खेलकुद, विशेषगरी साहसिक खेलकुद क्षेत्रमा आफ्नो सक्रिय नेतृत्व रहने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि नासा नेपाल र अल्पाइन स्पोर्ट्स फेडेरेसन–नेपालका पदाधिकारीहरूको सहयोग र समर्थनको अपेक्षा व्यक्त गरे । साथै, उनले गण्डकी प्रदेश र बागलुङलाई नेपाली साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रका रूपमा विकास गर्न आफू क्रियाशील रहने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचारहरू

नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन, गौतम बने संयोजक

नासा नेपालको लुम्बिनी प्रदेश संघ गठन, गौतम बने संयोजक

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को लुम्बिनी प्रदेशमा भएको...

नासा नेपाल र सिद्धार्थ ग्रुपकाे साझेदारी: सदस्यलाई होटल तथा रेस्टुरेन्टमा २५ प्रतिशत सम्म छुट

नासा नेपाल र सिद्धार्थ ग्रुपकाे साझेदारी: सदस्यलाई होटल तथा रेस्टुरेन्टमा २५ प्रतिशत सम्म छुट

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सदस्य, खेलाडी,...

नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न

नेपालमै पहिलो पटक मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात, मार्शल तालिम सम्पन्न

काठमाडौं – नेपालमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्सको क्षेत्रमा विगत एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...