बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले शनिबार एक कार्यक्रमका बीच ‘दिस इज माई स्ट्रिट’ तथा ‘स्टार रेटिङ स्कुल’ अभियानको सुरुवात गरेको छ ।
त्यसैगरी नासाका महासचिव आशिष गजुरेल हालै नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डको कार्यकारी निर्देशक नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । गजुरेललाई हालै सरकारले सो पदमा नियुक्त गरेको हो ।
उनलाई राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य सुबर्ण श्रेष्ठ, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश शिवाकोटी, नेपाल टेलिभिजनका बरिष्ट पत्रकार देवेन्द्र सुबेदी, नासा नेपालका सहकोषाध्यक्ष प्रकाश कपुरी, नासा फाउन्डेसनका कपिल शिवाकोटी र मधुसूदन सिग्देल लगायतले बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा सडक सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयमा समेत छलफल भएको थियो । नासा फाउन्डेसनका सदस्य एवं युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डका रिसर्च फेलो पुष्पराज पन्तले सो विषयमा भर्चुअल माध्यमबाट जानकारी प्रदान गरेका थिए ।
माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष एवं नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका सदस्य गोबिन्द प्रसाद भट्टराईले नेपालको सडक सुरक्षा र अन्य विभिन्न विषयमा जानकारी प्रदान गरेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...