नासा नेपालको साधारण सभा सम्पन्न, २०२८ भित्र नेपालमै क्रसकार निर्माण गर्ने घोषणा

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को एघारौँ साधारण सभा हालै कुरिनटार, चितवनमा सम्पन्न भयो ।

साधारण सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, छ वटा प्रदेश संघका पदाधिकारी तथा सदस्यहरू, विज्ञ प्राविधिक र मनोनित सदस्यहरू समेत गरी ४६ जनाको प्रत्यक्ष तथा १० जनाको प्रोक्सी गरी कुल ५६ जनाको सहभागिता रहेको नासा नेपालले जनाएको छ ।

संघका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले प्रगति प्रतिवेदन, आगामी दुई आर्थिक वर्षको कार्ययोजना, आर्थिक प्रतिवेदन तथा अडिट प्रतिवेदन र समसामयिक प्रस्तावहरू पारित गरेको छ ।

त्यसैगरी विधान तथा नियमावली संशोधन मस्यौदा कार्यदल गठन, मोटरिङ एकेडेमी स्थापना, व्यावसायिक साझेदारी योजना तथा जिम्मेवारी, सचिवालयको क्षमता विकास, प्रदेश संघहरूको सुदृढीकरण तथा नेपाली अटोमोबाइल क्षेत्रकै प्रमुख फेडरेसनको रूपमा संस्थाको विकास गर्ने प्रस्तावहरू समेत सर्वसम्मतिले पारित गरिएका छन् ।

नेपाली मोटरस्पोट्र्सको इतिहासमै एसिया प्यासिफिक च्याम्पियनसिपमा स्वर्ण पदक दिलाउने आशिष भारतीलाई एक लाख रुपैयाँ नगदसहितको च्याम्पियन अवार्ड प्रदान गर्ने तथा सन् २०२८ भित्र नेपालमै पहिलो क्रसकार निर्माण गरी रेसिङ सुरु गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।

साधारण सभामा कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव महेश अधिकारी, कोषाध्यक्ष धान्यमणि नेपाल, एडमिन म्यानेजर किरण धिताल र स्पोट्र्स एन्ड इभेन्ट अफिसर अंकित भण्डारीले विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।

संघका सल्लाहकार ठाकुर न्यौपाने तथा कोशी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष प्रकाश कपुरीले शुभकामना मन्तव्य दिएको उक्त सभा सह–कोषाध्यक्ष कमला क्षेत्रीको स्वागत मन्तव्य र उपाध्यक्ष अनिल बरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

अर्का उपाध्यक्ष सीताराम न्यौपानेले एजेन्डा प्रस्तुती गरेका साधारण सभाको धन्यवादसहितको समापन अर्का सचिव सन्तोष न्यौपानेले गरेका थिए ।

नेपालमा मोटरस्पोट्र्स, मोटरसाइकल स्पोट्र्स, अटोमोबाइल तथा मोबिलिटी, पावर बोटिङ, सिम रेसिङ र ड्रोन क्षेत्रमा समेत संलग्न सो साधारण सभाले संघको रणनीतिक योजनाका लागि वैधानिक तथा कानुनी आधार समेत तय गरेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...