अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही
भद्रपुर (झापा) – पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो पन्छाएसँगै गएरातिबाट दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो ।
डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।
सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।
सडकमा गत एक सातादेखि मालबाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समयमा पार भएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...