बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
स्कोडाले भारतीय बजारमा केही महिनामै नयाँ एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्षको अटो एक्सपोमा निकै नै चर्चा बटुलेको भिजन इन कन्सेप्टलाई प्रोडक्सन भर्सनमा सन् २०२१ मा सार्वजनिक गर्ने स्कोडाको तयारी छ ।
स्कोडा र फक्सवागन मिलेर उपलब्ध गराइने तयारीमा रहेको भिजन इन कन्सेप्टले अटो एक्सपोमा निकै नै चर्चा बटुलेको थियो । अब सोही कार प्रोडक्सन भर्सनमा आयो भने यसले बजारमा हाल प्रचलित हुन्डाई क्रेटा, किया सेल्टोस, फोर्ड इकोस्पोर्ट जस्ता एसयूभीसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यसले बजारमा हाल प्रचलित स्कोडाको ब्रान्ड भ्याल्युमै परिवर्तन ल्याउने अनुमान गरिएकाले धेरैले यसको प्रतीक्षा गरिरहेका छन् ।
नेपाली बजारमा पनि स्कोडा गाडीलाई आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको एमएडब्ल्यु इन्टरप्राइजेज प्रालि भिजन इनबाट निकै नै उत्साहित देखिन्छ । नेपाली बजारमा पनि यो गाडी सके सम्म छिटो उपलब्ध गराउने कम्पनीको तयारी भएको बताइएको छ ।
चेक रिपब्लिक गाडी निर्माता कम्पनी स्कोडाले भिजन इनलाई बजारमा उतार्नका लागि पनि विशेष योजना बनाएको छ र विस्तारै यसका विभिन्न पक्ष सार्वजनिक गरिरहेको छ । केही दिन पहिले सो गाडी परीक्षण गर्दाका स्पाई सट देखेर पनि धेरैले यो गाडी निकै आकर्षक भएको अनुमान लगाएका छन् ।
यद्यपि यो गाडीको खास नाम के हुने भन्ने अझै तय भएको छैन । कम्पनीले आगामी जनवरी महिनामा यसको नाम सार्वजनिक गर्ने बताएको छ । तर नामको अनुमान भने हुन थालेको छ ।
स्कोडाले हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको सबैभन्दा सानो एसयूभी कामिक हो । यसको नामको शुरुमा के र अन्त्यमा क्यु अल्फाबेट छ । यसका आधारमा स्कोडाले आगामी दिनमा यस्तै अल्फाबेटको नामलाई प्रचलित गराउने अनुमान गरिएको छ । यसका आधारमा विभिन्न अनलाइन सञ्चार माध्यमहरुले स्कोडा भिजन इन कन्सेप्टको प्रोडक्सन मोडलको नाम अनुमान गर्न थालेका छन् ।
सो एसयूभीको नाम कार्मिक (Karmiq), कोनार्क (Konarq) वा कस्मिक (Kosmiq) हुन सक्ने छ । कतिपयले यसको नाम क्लिक (Kliq) पनि हुन सक्ने बताइरहेका छन् । यद्यपि यसका लागि भने आगामी महिना सम्म पर्खिनु पर्नेछ ।
स्कोडाले भारतमा इन्डिया प्रोजेक्ट २.० अन्तर्गत आक्रामक बजार विस्तारको रणनीति बनाएको छ । यसको सिधा असर नेपालमा पनि पर्ने अनुमान गर्न सकिन्छ । यसका आधारमा स्कोडा ब्याजमा पहिलो पटक उपलब्ध गराउन थालेको भिजन इन कन्सेप्टको प्रोडक्सन भर्सनले राम्रो बजार लिने अपेक्षा गरिएको छ ।
स्पाई सट इमेजका आधारमा स्कोडाको सो मिड साइज एसयूभीको अघिल्लो भागमा भएको फ्रन्ट ग्रिल र क्रोम, एलईडी हेडल्याम्प, स्टाइलिस एलईडी डे टाइम रनिङ लाइट, हेलोजन फगल्याम्प, टेल पिलर, साइडमा आकर्षक कट र क्रिज, रुफ रेल, हाई माउन्टेड स्टप ल्याम्प आदि उपलब्ध भएको पाइन्छ ।
गाडीको भित्री भागमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, माउन्टेड कन्ट्रोल सहितको फ्ल्याट बटम स्टेयरिङ ह्विल, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि उपलब्ध हुने अनुमान गरिएको छ ।
सो एसयूभी भारतमै तयार गरिएको फक्सवागन ग्रुपको एमक्यूबी एओ इन मोडुलर प्लेटफर्ममा विकसित गरिने छ । स्कोडा भिजन आईएनमा १.५ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ जसले १५० एचपी पावर उत्पन्न गर्नेछ । र यो म्यानुअल र डीएसजी अटोमेटिक ट्रान्समिसन दुवैमा उपलब्ध हुने अनुमान छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...