नागढुङ्गा सुरुङमार्गको टोल शुल्क निर्धारण, कुन सवारी साधनलाई कति ?

काठमाडौँ–सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि उपभोग दस्तुर (टोल शुल्क) निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सवारी साधनको वर्गीकरण अनुसार शुल्क तोकेको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार काठमाडौं उपत्यकाबाट बाहिरिनेभन्दा काठमाडौँ भित्रिने सवारी साधनले बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले मन्त्रिपरिषद्को निर्णय अनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त दस्तुर लागु गरेको हो ।

मन्त्रालयले सवारी साधनलाई ४ वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको छ । पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीलाई राखिएको छ । यस्ता सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नु पर्नेछ ।

दोस्रो वर्ग अन्तर्गत मिनी बस, मिनी ट्रिपर÷ट्रक रहेका छन् । यी सवारी साधनले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नु पर्नेछ । तेस्रो वर्गमा सिङ्गल रियर एक्सलयुक्त बस, ट्रक रहेका छन्। यी सवारीहरूलाई काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । चौथो वर्गमा मल्टी एक्सल ट्रक र भारी उपकरण रहेका छन् । यी सवारीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्छ।

सम्बन्धित समाचारहरू

एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण हुँदै

एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण हुँदै

झापा – एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक...

दाउन्ने क्षेत्रमा काम केन्द्रित गर्दै  नारायणगढ–बुटवल सडक आयोजना

दाउन्ने क्षेत्रमा काम केन्द्रित गर्दै नारायणगढ–बुटवल सडक आयोजना

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६...

गत आर्थिक वर्षमा ९३२ किमी सडक कालोपत्रे, नागढुंगा सुरुङमार्गको निर्माण कार्य पूरा

गत आर्थिक वर्षमा ९३२ किमी सडक कालोपत्रे, नागढुंगा सुरुङमार्गको निर्माण कार्य पूरा

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आर्थिक वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...