इनड्राइभरको सेवा काठमाडौंमा शुरु : चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा
काठमाडौं – अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा...
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन सुधारका लागि सहकार्य गर्ने सहमति भएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विविध विषयमा छलफल गरेको हो ।
छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नाडासँग दीर्घकालीन र सृजनात्मक सहकार्य आवश्यक रहेको बताए । उनले काठमाडौं उपत्यकामा ठूला सीसीका मोटरसाइकल सञ्चालन, सवारी दुर्घटना तथा ट्राफिक अनुशासनका विषयमा ध्यान दिनुपर्ने उल्लेख गर्दै स्कुटरको तुलनामा मोटरसाइकल दुर्घटना बढी हुने तथ्य औंल्याए ।
त्यस्तै उनले ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नाडालाई आग्रह गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि पहल गर्नुपर्ने बताए । सवारी साधन खरिद गर्ने, सर्भिस सेन्टर जाने तथा नयाँ लाइसेन्स लिने व्यक्तिहरूका लागि करिब एक घण्टाको ट्राफिक प्रशिक्षण अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि उनले राखे ।
छलफलमा नाडाका अध्यक्ष उप्रेतीले विगतदेखि ट्राफिक प्रहरीसँग हुँदै आएको सहकार्यको चर्चा गर्दै आगामी असार १३ देखि १९ गतेसम्म मनाइने नाडाको ५०औँ वार्षिक साधारणसभा (स्वर्ण उत्सव) कार्यक्रमलाई सफल बनाउन ट्राफिक प्रहरीको सहयोग आवश्यक हुने बताए । उनले ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकरमार्फत कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिए ।
नाडाका महासचिव मिलनबाबु मल्लले पनि ट्राफिक प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाललगायतले आ–आफ्ना धारणा राखेका थिए ।
काठमाडौं – अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा...
यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र...
काठमाडौँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...