बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
चिनियाँ अटो निर्माता डोङफेङले सस्तो मूल्यमा निकै आकर्षक र उच्च रेन्ज दिने मिनी ईभी लन्च गरेको छ । नामी–०१ नामले आएको सो नयाँ ईभीको मूल्य चीनमा ११ हजारदेखी १५ हजार डलरसम्म निर्धारण गरिएको छ । कम्पनीले यसलाई ईभी डेडिकेटेड प्लेटफर्मममा तयार पारेको हो ।
सो नयाँ ईभीमा कम्पनीले ३१.४५ र ४२.३ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिएको छ । जसमध्ये सर्ट रेन्जले ३३० र लङ रेन्जले ४३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । फ्रन्ट ह्विल ड्राइभ दिइएको सो नयाँ ईभीमा ७० किलोवाट क्षमताको मोटर जडन गरिएको छ । यसलाई १४० किलोमिटर प्रछिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
४०० भोल्टको फास्ट चार्जर सपोर्ट गर्ने नामी–०१ लाई ८ मिनेट चार्ज गर्दा २०० किलोमिटर रेन्ज पाउन सकिने कम्पनीले जनाएको छ । डुअल टोन सेटअपमा निकै आकर्षक देखिनेगरी सो कारको इन्टेरियरमा ठूलो आकारको फ्लोटिङ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एसी भेन्ट्स र टु– स्पोक स्टेरिङ ह्विल पाउन सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...