विराटनगरमा खुल्यो मल्टी ब्रान्ड टु ह्विलर सर्भिसका लागि नेपालकै पहिलो स्पिड फोर्स

विराटनगर – हरेक ब्रान्डका दुईचक्के सवारीसाधनहरुको भरपर्दो सर्भिसका लागि विराटनगरमा स्पिड फोर्स सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

विराटनगर–४ स्थित बरगाछीमा आइतबार देखि उक्त सर्भिस सेन्टर सञ्चालनमा आएको हो । हरेक ब्राण्डका दुईचक्के सवारीसाधनको सर्भिसिङ र स्पेयर पार्ट्स एकैठाउँमा उपलब्ध गराउने लक्ष्यका साथ कुल १५ लाखको लगानीमा सो सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

भारतबाट आएका स्पिडफोर्स सर्भिसका निर्देशकद्वय निरव भट्ट र दिपेन बराई तथा केशरीचन्द भवरलाल एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक प्रशान्त तातेडले संयुक्त रुपमा सर्भिस सेन्टरको उद्घाटन गरे ।

भारतका २२ राज्य र ३५ सहरमा १३५ आउटलेट स्थापना गरिसकेको स्पिड फोर्सको यो नेपालमा पहिलो आउटलेट हो ।

हाल नेपाली बजारमा आइरहेका एड्भान्स फिर्चसका बजाज, टीभीएस, हिरो, होन्डा र बुलेट लगायतका बाइकहरुको गुणस्तरीय सेवा र एकल समाधानका लागि स्पिड फोर्स सञ्चालनमा ल्याइएको सर्भिस सेन्टरका सञ्चालक प्रशान्त तातेडले बताए ।

पिकअप एण्ड ड्रप, बिमा नवीकरण, टु व्हीलर रिसेल, फ्री आयल चेन्ज, स्पेयर पार्ट्समा बिशेष छुट र वार्षिक मर्मत लगायतका प्याकेजहरु सहित सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । विभिन्न ब्राण्डका बाइकहरुका लागि विभिन्न सर्भिस सेन्टर भौतारिनुपर्ने बाध्यतालाई अन्त्य गर्न स्पिड फोर्स प्रभावकारी साबित हुने उनको भनाइ छ ।

सर्भिस सेन्टरबाट प्रवाह हुने सेवालाई थप भरपर्दो बनाउन कम्पनीले स्पिड फोर्स नामक एन्ड्रोइड एप पनि सञ्चालनमा ल्याएको छ । एपमार्फत बाइक सर्भिसको नोटिफिकेसन र यसअघि बाइकमा गरिएका मर्मतको पुर्ण विवरण हेर्न सकिने जनाइएको छ । उक्त एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकल बोकेको भाडा ३० हजार रुपैयाँ

मोटरसाइकल बोकेको भाडा ३० हजार रुपैयाँ

हुम्ला – सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको...

अटो मेकानिक्स व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

अटो मेकानिक्स व्यवसायी संघको पाँचौ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं – ललितपुरमा क्रियाशील बाइक मेकानिक्स तथा व्यवसायीहरुको संगठन...

डेल्फी–टीभीएसको सीआर इन्जेक्टर अब नेपालमा, बीएस ४ र बीएस ६ गाडीका लागि उपयुक्त

डेल्फी–टीभीएसको सीआर इन्जेक्टर अब नेपालमा, बीएस ४ र बीएस ६ गाडीका लागि उपयुक्त

काठमाडौं – भारतको प्रतिष्ठित कम्पनी लुकास इन्डियन सर्भिस लिमिटेडद्वारा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...