एमएडब्लु इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाबीच एसइईपी मेला आयोजनामा सहकार्य

काठमाडौं–एमएडब्लु इन्टरप्राइजेज प्रालि र काठमाडौं महानगरपालिकाबीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ । दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तिको निर्माण र विकासमा केन्द्रीत एसइईपी मेला आयोजना गर्ने सम्झौतमा उल्लेख गरिएको छ ।

यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबद्र्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो । जेठ ७ गतेबाट सुरु भइसकेको एसइईपी मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ ।

युवालाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ । यसले उद्योगलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पु¥याउनेछ ।

यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य प्रतिको प्रतिवद्धता देखाउँछ । विशेषगरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति एसइईपी मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ ।

एसइईपी मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पु-याउनेछ ।

यस सहकार्यबाट एमएडब्लु इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक–निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...