मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ४ महिनामा ८१ हजार ८५७ युनिट आयत

काठमाडौं–विगत केही वर्षयता सिथिल बनेको दुई पाङ्ग्रे सवारी बजार पुरानै लयमा फर्किन थालेको छ । चालु आर्थिक वर्षको ४ महिनामा कुल ८१ हजार ८५७ युनिट पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर आयत हुँदा सरकारले यसबाट १० अर्ब हाराहारी राजश्व उठाएको छ ।

गत आर्थिक वर्षको सोहि अबधीमा आयत भएको ४८ हजार ८२१ युनिटको तुलनामा बजार ४० प्रतिशतले बढेको भन्सार बिभागको तथ्यांकले देखाएको हो । यसरी आयत हुने दुई पाङ्ग्रेमा अनएसेम्वलको हिस्स निकै ठूलो छ । धेरै माग भएका ठुला ब्रान्डले स्वदेशमै एसेम्वल गर्न थालेपछि अनएसेम्वल बाइकको आयत बढ्न गएको हो ।

चालु आर्थिक वर्षको साउनदेखी कात्तिकसम्म ५० हजार ६७८ युनिट अनएसेम्वल बाइक आयत हुँदा ३१ हजार १७८ युनिटमा एसेम्वल अबस्थाका बाइक आयत भएको तथ्यांकमा उल्लेख छ । बजारमा सर्बाधिक बिक्री हुने होन्डा, बजाज, टिभिएस, यामाहा, हिरो र रोयलइन्फिल्डले स्वदेशमै एसेम्वल प्लान्ट लगाएर बाइक उत्पादन गर्दै आएका छन् ।

पेट्रोलबाट चल्ने बाइकको आयत बढेपनि विद्युतिय दुई पाङ्ग्रेको भने खासै बृद्धि हुन सकेको छै्रन । चालु आर्थिक वर्षको ४ महिनामा कुल ३ हजार २१ युनिटमात्र यस्ता साधन आयत भएको देखिन्छ । जुन ३४ करोड रुपैयाँ बरारको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...