स्कोर्पियो र एक्सयूभी ७०० लाई पछि पार्दै महिन्द्राको यो एसयूभी बन्यो बेस्ट सेलर

महिन्द्राको ३ एसयूभी एक्सयूभी७००, स्कोर्पियो एन र स्कोर्पियो क्लासिकको बुकिङ १ लाख ३० हजार युनिट नाघेको छ । महिन्द्राका ती एसयूभीहरु हरेक महिना ८ देखि ९ हजार युनिट बुकिङ हुन्छन् ।

तर महिन्द्रा बोलेरो गत महिना कम्पनीको सबैभन्दा धेरै बिक्री हुने एसयूभी बनेको छ । महिन्द्राले सो एसयूभी अक्टोबर २०२२ मा ३२ हजार २२६ युनिट बेचेको छ । यो कम्पनीको अहिलेसम्मकै उच्च बिक्री हो । अक्टोबर २०२१ मा, बोलेरोका ६ हजार ३७५ युनिट बिक्री भएको थियो ।

बोलेरो पछि कम्पनीको सबैभन्दा धेरै बिक्री हुने एसयूभी नयाँ स्कर्पियो–एन हो । सो एसयूभी ७ हजार ४३८ युनिट बिक्री भएको थियो । गत वर्ष सोही महिनामा कम्पनीले स्कोर्पियो एनका ३ हजार ३०४ युनिट मात्र बिक्री गर्न सकेको थियो ।

कम्पनीको एक्सयूभी३०० तेस्रो ठूलो बिक्री हुने एसयूभी हो । यसले अक्टोबर २०२२ मा ६ हजार २८२ युनिट बिक्री गरेको थियो । गत वर्षको अक्टोबरमा ४ हजार २०३ युनिट बिक्री भएको थियो ।

महिन्द्रा बोलेरो कम्पनीको ७ सिटर एसयूभी हो । सो एसयूभी बी४, बी६, बी६ ओ गरी ३ भेरिएन्टमा उपलब्ध छ । बोलेरो फेसलिफ्टमा बीएस ६ कम्प्लायन्ट १.५ लिटर एमहक७५ डिजेल इन्जिन छ जसले ३,६०० आरपीएममा ७५ बीएचपी पावर र १,६००–२,२०० आरपीएममा २१० एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । यसको मूल्य ९ लाख ४७ हजार भारु रहेको छ ।

सम्बन्धित समाचारहरू

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

आज नेपाली बजारमा लन्च हुँदै महिन्द्रा एक्सयूभी ३००

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड...

४ वर्षमै ३ लाख युनिट बिक्री भयो महिन्द्रा एक्सयूभी ७००, नेपालको अवस्था के ?

४ वर्षमै ३ लाख युनिट बिक्री भयो महिन्द्रा एक्सयूभी ७००, नेपालको अवस्था के ?

काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख...

ल्यान्ड क्रुजर एलसी २०० को जस्तै हुनेछ स्कर्पियो २०२२ को ड्यासबोर्ड

ल्यान्ड क्रुजर एलसी २०० को जस्तै हुनेछ स्कर्पियो २०२२ को ड्यासबोर्ड

महिन्द्राले यसै बर्षको अन्त्यसम्म सार्बजनिक गर्ने अनुमान गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...