रिकन्डिसन बजारमा सर्बाधिक खोजिने ५ कार, जसको रिसेल भ्यालु उच्च छ

नयाँ होस या पुरानो गाडी खरिद गर्दा ग्राहकले ध्यान दिने एउटा महत्वपूर्ण पक्ष भनेको यसको रिसेल भ्यालु पनि हो । रिसेल भ्यालु अर्थात सेकेन्ड ह्यान्डमा बिक्री गर्दा आउने यसको मूल्यले गाडीको बिक्रीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

रिकन्डिसन व्यवसायीका अनुसार जुन गाडीको रिसेल भ्यालु उच्च हुन्छ, रिकन्डिसन बजारमा त्यस्ता गाडीको माग उच्च हुने गर्छ । व्यवसायीका अनुसार हाल नेपाली बजारमा उपलव्ध यी गाडीहरुको रिसेल भ्यालु उच्च रहेको छ ।

सुजुकी स्विफ्ट
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येको एक ह्याचब्याक कार सुजुकी स्विफ्टको रिसेल भ्यालु उच्च रहेको छ । इन्धन किफायती, सर्बसुलभ स्पेयर पार्ट्स र मर्मतसम्भार खर्च कम पर्ने बिशेषताका कारण स्विफ्ट सर्बाधिक रुचाइएको कारका रुपमा गनिन्छ । रिकन्डिसन बजारमा स्विफ्टको माग सर्बाधिक बढी रहेको व्यवसायी बताउँछन् ।

हुन्डाई आई १०
सुजुकी स्विफ्टपछि सर्बाधिक रिसेल भ्यालु भएको अर्को गाडी हो हुन्डाई आई १० । आई १० ले बिगत ३ बर्ष यता सर्बाधिक बिक्री हुने ह्याचब्याक कारको पहिचान बनाउँदै आएको छ । हुन्डाइको ब्रान्ड भ्यालु, उच्चतम माइलेज र सर्बसुलभ स्पेयर पार्ट्स तथा सहज सर्भिसिङका कारण यो कार ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो । रिकन्डिसन बजारमा यो गाडीको माग उच्च रहेको छ ।

सुजुकी ब्रेजा
कम्प्याक्ट एसयूभी ब्रेजा नेपाल भित्रिए लगत्तै चर्चित बनेको थियो । यहि सेग्मेन्टका अन्य कारको तुलनामा केही सस्तो र अत्याधुनिक फिचर्सका कारण यो गाडी लोकप्रिय बनेको हो । नेपाली बजारमा सुजुकी कारप्रति ग्राहकको बिश्वास र सर्बसुलभ बिक्री पश्चातको सेवाका कारण ब्रेजाले कार पारखीहरुको बिश्वास जित्दै आइरहको छ । कम मूल्यमा एसयूभी प्रयोग गर्न चाहने ग्राहकहरुको रोजाइमा पर्न थालेपछि हाल रिकन्डिसन बजारमा यसको माग उच्च छ ।

हुन्डाई क्रेटा
एसयूभी बजारमा सर्बाधिक लोकप्रिय र बिक्रीका हिसाबले समेत सर्बाधिक सफल मानिएको क्रेटा एसयूभी पारखीमाझ सर्बाधिक खोजी गरिने गाडी हो । रिकन्डिसन बजारमा खासै नपाइने यो एसयूभीको माग भने उच्च रहेको छ । प्रायः क्रेटा प्रयोगकर्ताहरु छिट्टै यो गाडी बिक्री गर्न नचाहने नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायी बताउँछन् । जसका कारण पनि रिकन्डिसन बजारमा यो गाडी प्रायः अभाव हुने गरेको छ । ती व्यवसायीका अनुसार नयाँ मोडलको क्रेटा आएपछि भने पुरानोसँग नयाँ एक्सचेन्ज गर्नेहरु बढेका कारण हाल रिकिन्डसन बजारमा यो एसयूभी भेटिन थालेको छ । रिकन्डिसन बजारमा आए लगत्तै यो एसयूभी राम्रो मूल्यमा बिक्री भईहाल्ने उनले बताए ।

फोर्ड इकोस्पोर्ट
नेपाली बजारमा भित्रिएको पहिलो कम्प्याक्ट एसयूभी इकोस्पोर्टको रिकन्डिसन बजारमा राम्रो माग छ । यही सेग्मेन्टका अन्य एसयूभीहरुको तुलनामा केही सस्तो मूल्यका कारण इकोस्पोर्टको रिकन्डिसन बजार राम्रो भएको हो । फोर्डका अन्य गाडीहरुको रिसेल भ्यालु खासै राम्रो नभए पनि राम्रो माइलेज र उच्चतम पर्फमेन्सका कारण इकोस्पोर्टको माग उच्च भएको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...