पहिरो र लेदोले मुग्लिन–नारायणगढ सडक प्रभावित, पन्छाउने काम जारी
निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा...
काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुधबार राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा कडा बनाउने उद्देश्यले मतदान सम्पन्न नहुन्जेलसम्म यो रोक कायम रहनेछ।
निर्वाचन आयोगका अनुसार, अत्यावश्यक सेवाका सवारी जस्तै एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, खानेपानी र विद्युत् मर्मतका सवारी सञ्चालन गर्न पाउनेछन्।
त्यस्तै, कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी र निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास भएका सवारीलाई पनि अनुमति दिइएको छ।
निर्वाचन अवधिमा सवारी प्रयोगमा कुनै समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आयोगले अनुरोध गरेको छ। मतदाता तथा यात्रुलाई भने सवारी बन्द हुनु अघि नै आफ्नो गन्तव्यमा पुग्न सुझाव दिइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...