भारतमा बीवाईडीको १० हजार बढी ग्राहक, बजार विस्तारले गति लिँदै

बीवाईडीले भारतमा आफ्नो बजार विस्तारलाई तिब्रता दिँदै आएको छ । कम्पनीले हालैमात्र आफ्नो १० हजार औं युनिट कार डेलिभरी गरेर भारतमा नयाँ माइलस्टोन हासिल गरेको छ , जुन चिनियाँ ईभी निर्माताका लागि नयाँ रेकर्ड समेत हो ।

२०२१ मा आफ्नो पहिलो मोडेल ई६ इलेक्ट्रिक एमपीभीलाई भारतिय बजारमा लन्च गरेको कम्पनीले हाल एट्टो३, ईम्याक्स७, सिल र सिलयान७ सहित विभिन्न मोडलहरु उपलब्ध गराउँदै आएको छ ।

भारतमा २०० मिलियन डलर भन्दा बढी लगानी गरेको बीवाईडीले हाल प्रमुख शहरहरूमा ४४ वटा डिलरशिप सञ्चालन गर्दै आएको छ । साथै, यसको १.४ लाख वर्ग मीटरमा फैलिएको फराकिलो एसेम्बली प्लान्ट समेत सञ्चालनमा छ ।

भारतमा १० हजार ग्राहकको माइलस्टोन हासिल गर्नु ठूलो उपलब्धी रहेको बीवाईडी इन्डियाका इलेक्ट्रिक प्यासेन्जर भेइकल बिजनस प्रमुख राजीव चौहानले बताए ।

‘यस उपलब्धीले बीवाईडीको सफा र ग्रिन मोबिलिटीको दृष्टिकोणप्रति बढ्दो विश्वास र उत्साहलाई प्रतिबिम्बित गर्दछ । हामीले सडकमा राखेका प्रत्येक सवारी साधनले उत्सर्जन घटाउँछ, ईभी प्रविधिलाई अगाडि बढाउँछ, र दिगो मोबिलिटी सिस्टमलाई बलियो बनाउँछ’ उनले भने ।

सम्बन्धित समाचारहरू

बीवाइडी कार किन्ने ११ जना भाग्यशाली बिजेताले जर्मनीमा यूरो कप हेर्न पाउने

बीवाइडी कार किन्ने ११ जना भाग्यशाली बिजेताले जर्मनीमा यूरो कप हेर्न पाउने

काठमाडौं– बीवाइडी गाडी खरिद गर्ने ११ जना भाग्यशाली बिजेताले यूरो कप हेर्न...

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान कार तथा दिपल ईभीको आधिकारिक विक्रेता...

क्यामेरा र ड्रोन भएको विश्वको पहिलो इलेक्ट्रिक फायर ब्रिगेड ट्रक

क्यामेरा र ड्रोन भएको विश्वको पहिलो इलेक्ट्रिक फायर ब्रिगेड ट्रक

एरिजोनाको ट्युसो फायर डिपार्टमेन्टले हालै भल्भो ग्रुपको सहयोगमा पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...