नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब
काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...
काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि बागमती प्रदेशमा अब थप संख्यामा आवेदन दिन र वर्ग थप गर्न सकिने भएको छ । यसका लागि प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले आवेदन दिन सकिने संख्या बढाएको छ ।
मन्त्रालयका अनुसार सवारी चालक अनुमतिपत्रका लागि आवश्यक बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाइन फाराम भर्ने समेतको व्यवस्था मिलाइएको छ।
सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार छ सय ७५ पुर्याएको हो। यसका साथै विचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाएको छ।
यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ।
सेवाग्राहीहरुले यो लिंकमा गएर तोकिए बमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवदेन दिनसक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवदेन दिनसक्ने बेहोरा सूचनामा खुलाइएको छ।
बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख...
काठमाडौं – सेकेन्ड ह्यान्ड गाडी बिक्रेताहरुको समूह नेपाल रिकन्डिसन अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...