चलिरहेका एम्बुलेन्स एकाएक बन्द
नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन...
विराटनगर–जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो मातहतका कार्यालयहरूमा रहेका २०२ थान पुराना तथा जफत गरिएका मोटरसाइकल र स्कुटर लिलाम बिक्री गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ (प्रबन्ध शाखा)ले आज गोरखापत्र दैनिकमा २१ दिने सार्वजनिक सूचना जारी गर्दै यससम्बन्धी प्रक्रिया अघि बढाएको हो ।
प्रहरी कार्यालयका अनुसार लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक इजाजतप्राप्त कम्पनीहरूले २१ दिनभित्र बोलपत्र फाराम खरिद गरी आवेदन दिन सक्नेछन् ।
बोलपत्र फाराम खरिद गर्नका लागि कार्यालयको कोड नम्बर ३१४०४१३१० र राजस्व शीर्षक नम्बर १४२२९ मा दुई हजार रुपैयाँ राजस्व जम्मा गरेको सक्कल बैंक भौचरसहित जिल्ला प्रहरी कार्यालय मोरङको प्रबन्ध शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
सूचना प्रकाशित भएको मिति (२०८१ जेठ २७ गते) ले २१ औँ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरी बोलपत्र बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।
विभिन्न समयमा बरामद गरिएका वा बेवारिसे अवस्थामा फेला परी कानुनी प्रक्रिया पूरा भएका यी सवारी साधनहरूलाई नियमअनुसार लिलाम गर्न लागिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...