मासिक किस्ता ८,५५६ वा १३,५६० मा यसरी लिन सकिन्छ यामाहाको बीएस६ एमटी–१५

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको बीएस६ इन्जिनयुक्त यामाहा एमटी–१५ किन्न चाहनेका लागि ३० महिना वा १८ महिना सम्म मासिक किस्ता तिर्न सकिने सुविधा उपलब्ध छ । बीएस६ यामाहा एमटी–१५ को पहिलो भेरिएन्टको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एमएडब्ल्यु इन्भेस्टमेन्ट कम्पनीमार्फत यो मोटरसाइकल किन्नेका लागि विभिन्न प्रकारको सुविधा उपलब्ध गराएको छ । ग्राहकले आफूलाई सहज हुने तरिकाले आफू अनुकूल सुविधामा यो मोटरसाइकल खरिद गर्न सक्छन् ।

शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाएर बाँकी रकम मासिक किस्ताको रुपमा बुझाउन सकिन्छ । यसरी ५० प्रतिशत रकम बुझाउदा शुरुमा २ लाख २४ हजार ९५० रुपैयाँ बुझाउनु पर्छ । यसरी शुरुमा रकम बुझाउदा इन्स्योरेन्सको लागि १० हजार ५ सय, नामसारीका लागि ८५० र सर्भिस चार्ज ४ हजार रुपैयाँ समेत बुझाउनु पर्छ । यसरी समग्रमा यो मोटरसाइकल लिनेले शुरुमा २ लाख ४० हजार ३ सय रुपैयाँ बुझाउनु आवश्यक छ ।

बाँकी रकम २ लाख २४ हजार ९५० लाई ३० महिना वा १८ महिनाका लागि मासिक किस्ताको रुपमा रकम बुझाउन सकिन्छ । यसरी लिने किस्तामा १०.४८ प्रतिशत ब्याजदर तोकिएको छ । ३० महिना सम्मका लागि मासिक रुपमा ८ हजार ५५६ रुपैयाँ बुझाउनु पर्छ भने १८ महिनाका लागि मासिक रुपमा १३ हजार ५६० रुपैयाँ बुझाउनु पर्छ ।

यसरी फाइनान्समार्फत मोटरसाइकल खरिद गर्नेका लागि भने विभिन्न कागजातहरु उपलब्ध गराउनु आवश्यक छ । मोटरसाइकल खरिद गर्ने आवेदकले नागरिकताको फोटोकपि, ड्राइभिङ लाइसेन्स, आफ्नो आम्दानीको स्रोत खुल्ने कागजात र हालसालै खिचेको पासपोर्ट साइजको फोटो र विद्युत वा पानीको बिल वा लालपुर्जा उपलब्ध गराउनु पर्छ । ग्यारेन्टी बस्ने व्यक्तिले पनि नागरिकताको फोटोकपि, हालसालै खिचेको पासपोर्ट साइजको फोटो र विद्युत वा पानीको बिल वा लालपुर्जा उपलब्ध गराउनु पर्छ ।

एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन छ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

पहिले बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी–१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन गरिएको छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

काठमाडौ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता...

यामाहा एरोक्सको नयाँ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

यामाहा एरोक्सको नयाँ संस्करण सार्बजनिक, यस्तो छ विशेषता

यामाहाले इन्डोनेसियामा एरोक्सको नयाँ संस्करण सार्वजनिक गरेको छ ।...

कस्तो होला यामाहा आर१५ भी४, यस्तो छ एक डिजाइनरको अनुमानित तस्बिर

कस्तो होला यामाहा आर१५ भी४, यस्तो छ एक डिजाइनरको अनुमानित तस्बिर

यामाहा आरवान फाइभ (आर१५) नेपाली युवाहरुका बीचमा समेत लोकप्रिय छ । १५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...